धादिङ, चैत्र १९
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।
अब उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर एकसय ४९, हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ५२ कायम भएको छ भने पेट्रोलको मूल्य यथावत् रहेको छ
