सरकारको चालक अनुमतिपत्रकालागि न्यूनतम उमेर बढाउने तयारी

सरकारले चालक अनुमतिपत्र अर्थात् ‘ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ । अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि…

अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवार इस्वरी प्रसाद आचार्य

 आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारको रूपमा इस्वरी प्रसाद आचार्यले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। आज एक कार्यक्रमका बीच नीलकण्ठ ३ धादिङ बेसि स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उम्मेदवारी घोषणासँगै आचार्यले क्याम्पसमा शैक्षिक सुधार, पारदर्शिता, र विद्यार्थीको हकहितको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँका अनुसार बेथिति, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप हटाएर क्याम्पसमा गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य छ। कार्यक्रममा उपस्थित विद्यार्थीहरू, क्रान्तिकारी विद्यार्थी नेता तथा समर्थकहरूले इस्वरी…

बेनिघाट रोराङ गाउँपालिकामा “पालिकासँग महिलाका कुरा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै हरेक वर्ष फागुन २४ गते मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सञ्चालन गर्नूभएको कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व साँसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कञ्चन खनाल , गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सम्पुर्ण महिला समुह, सामाजिक अगुवा, शीर्षस्थ नेतृत्व,…

किताब बेचेर एक करोड १०  लाख ४२ हजार २५० रुपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर एक करोड १०  लाख ४२ हजार २५० रुपैयाँ संकलन गर्नुभएको छ । उहाँले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यालयहरूमा पुगेर किताब बेच्नुभएको थियो।  धेरै दिन उहाँले  धरानको भानुचोकमा बसेर दैनिक किताब बेची नगद संकलन गर्नुभएको हो ।   बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहनु भएका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताउनु भएको छ । सरकारसँग वीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गर्नुभएका पुनले किताब बेचेर रकम संकलन गरी उक्त…

अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्

च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।  क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ । खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ । अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए । १७० एक दिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव २ रेनरेटमा ५८०० रन बनाएका छन् । जसमा १२ शतक…

बालेन र रबि बिरुद्ध महेश बस्नेत

महेश बस्नेतले बालेन र रबि लामिछानेले देशमा गलत प्रवृति हुर्काउन लगिपरेको आरोप लगाउनुभएको छ । आज फेसबुकमा एक स्टाटस राख्दै उहाँले एस्तो बताउनु भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको भन्दै महानगरले कारबाही गरेको र आफैले बनाएको समितिले तयर पारेको प्रतिबेदनलाई मेयर बालेन्द्रले स्विकार गर्न नसकेको उहाँले बताउनु भएको हो । उहाँले स्टाटसमा ”काठमाडौं महानगर, प्रमुख प्रशासकीय अधिकृत र सरकारबारे सटिकमा बुझ्नपर्ने कुरा । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको…

‘के हो बालेन भाइ तिम्रो पारा ?

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आक्रोश व्‍यक्त गरेका हुन‍्। उनले बालेनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गरेका बुझ्न सकिन्छ। बालेनले यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिएको आरोप मन्त्री पाठकले लगाएका छन्। पाठकले सो आरोप लगाउँदै लेखेका छन्, ‘के हो बालेन भाइ तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम…

धादिङको ५ वटा क्याम्पसमा अखिल (क्रान्तिकारी)को संगठन दर्ता

धादिङ– धादिङको निलकण्ठ क्याम्पस सहित विभिन्न क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको छ । धादिङबेसी सदरमुकाममा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गरेको हो । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा शंकर रिजालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गराएको हो भने जय बागेश्वरी बहुमुखी क्याम्पस,चन्द्रोदय बहुमुखी क्याम्पस र मछिन्द्र बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको र बांकी क्याम्पसहरुमा संगठन दर्ता प्रक्रिया बांकी रहेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आ.व.२०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरणमा स्थानीय सरकारको भूमिका शिर्षकमा आधारित रहेर वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यहि फागुन २४ गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने आमा तथा महिला समुहहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले…

अस्ट्रेलियाले भारतलाई दियो २ सय ६५ रनको लक्ष्य

च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्…