किताब बेचेर एक करोड १०  लाख ४२ हजार २५० रुपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर एक करोड १०  लाख ४२ हजार २५० रुपैयाँ संकलन गर्नुभएको छ । उहाँले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यालयहरूमा पुगेर किताब बेच्नुभएको थियो। 

धेरै दिन उहाँले  धरानको भानुचोकमा बसेर दैनिक किताब बेची नगद संकलन गर्नुभएको हो ।  

बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहनु भएका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताउनु भएको छ ।

सरकारसँग वीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गर्नुभएका पुनले किताब बेचेर रकम संकलन गरी उक्त कारखानाको पुनः निर्माण गरि सञ्चालनमा ल्याइने बताउनु भएको छ । 

धरानमा किताब बेचेर पुन सुनसरीको इटहरीमा किताब बेच्न जानुभएको छ। उहाँले इटहरी बासीलाई पनि किताब किनेर सहयोग गर्न अनुरोध गर्नुभएको छ। इटहरी बासीहरूले पनि पुनका किताब किनेर उनलाई सहयोग गरिरहेका छन्। 

Related posts

Leave a Comment