शाहको स्वास्थ्यमा सुधार

हृदयघात भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार भएको छ । पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा सुधार भएकाले केही दिनमै डिस्चार्ज गरिने चिकित्सकले जनाएका छन्।  आइतबार राति हृदयघात भएपनि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा राखेर उनको उपचार भइरहेको छ। डा.यादब भट्ट लगायत चिकित्सक उनको उपचारमा संलग्न हुनुहुन्छ ।  यसअघि पनि पारसलाई तीन पटकसम्म हृदयघात भएको थियो। 

कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएपछि चर्चाको विषय बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग घिसिङले गरेको कार्यसम्पादन सम्झौता अनुरूप म्याद गुज्रेपछि विवरण बुझाएकाले शून्य आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले घिसिङसँग गरेको कार्यसम्पादन करार अनुसार आर्थिक वर्ष सकिएको दुई महिनाभित्र बुझाउनुपर्नेमा घिसिङले अटेर गरेर ढिला बुझाएको मन्त्रालयको जिकिर छ। मन्त्रालयले गत पुस २२ गते कार्यसम्पादन मूल्यांकन नै नबुझाएकाले किन पदमुक्त नगर्ने भन्दै पत्र काटेपछि उनले २६ पुसमा कार्यसम्पादन विवरण बुझाएका थिए। तोकिएको समयमा कार्यसम्पादन पेस नगरेका कारण मूल्यांकन ग्राह्य नभई निजको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन…

मानशिक समस्या र समाधान

मानशिक समस्या एउटा जटिल समस्या हो। ती समस्याहरूको बेलैमा पहिचान गरी उचित परामर्श मिलेमा बिरामीलाई राहत मिल्न सक्छ। यी समस्याहरू के के हुन सक्छन् र यसका समाधानका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा हामीले वरिष्ठ नशा तथा मानशिक रोग विशेषज्ञ डा. वासुदेव कार्कीसँग कुराकानी गरेका छौं । https://www.facebook.com/share/v/1UDaxWdtLj/

प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त हुनुभएको छ । परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। दुईवर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनुहुनेछ । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने…

अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट संगित तामाङको अध्यक्षतामा ३१ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सरस्वति विश्वकर्मा, निरोज श्रेष्ठ, शिशिर श्रेष्ठ, सचिवमा दिपा श्रेष्ठ, सह सचिवमा प्रभाकर रिजाल,कृष्टिना नेपाली र कोषध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । संगठनका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनको केन्द्रिय कमिटि सचिवालय उद्धव रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेश), नीलकण्ठ नगरपालिकाको…

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य अमेरिकामा पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो। नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्।  रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए। उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ। रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै…

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर आगलागी भएको छ । गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित पालिकाको कार्यालय रहेको घरमा आइतबार दिउँसो आगलागी भएको हो ।  गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेको स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको घर जलेर नष्ट भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाको महत्वपूर्ण कागजात र स्टोरमा राखिएका सामाग्रीहरू जलेर नष्ट भएका छन् । यद्यपि, क्षतिको यकिन विवरण आईसकेको छैन ।  सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुली सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट…

प्रकाश भट्टलाई अध्यक्ष चयनगर्दै धादिङ मोबाईल व्यवसायी संघको तेस्रो अधिवेशन सम्पन्न

धादिङ मोबाईल व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धादिङ मोबाईल व्यवसायी संघका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष एसिस रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उधोग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी, नेपाल मोबाईल व्यवसायी महासंघ बागमती प्रदेशका सचिव सुरज पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । उक्त अधिवेशनबाट अध्यक्षमा प्रकाश भट्ट चयन भएको छ । जसको उपाध्यक्षमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा शरण कुमार श्रेष्ठ, सचिवमा जलिन मिया, सहसचिवमा दिपमाया श्रेष्ठ र सदस्यहरुमा किशोर…

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

 हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसम सम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको…

हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार

रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ। शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ।   हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए। रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले जानकारी दिइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा…