‘के हो बालेन भाइ तिम्रो पारा ?

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोखेका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आक्रोश व्‍यक्त गरेका हुन‍्। उनले बालेनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गरेका बुझ्न सकिन्छ।

बालेनले यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिएको आरोप मन्त्री पाठकले लगाएका छन्।

पाठकले सो आरोप लगाउँदै लेखेका छन्, ‘के हो बालेन भाइ तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं। नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ। चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ।’

Related posts

Leave a Comment