बालेन र रबि बिरुद्ध महेश बस्नेत

महेश बस्नेतले बालेन र रबि लामिछानेले देशमा गलत प्रवृति हुर्काउन लगिपरेको आरोप लगाउनुभएको छ । आज फेसबुकमा एक स्टाटस राख्दै उहाँले एस्तो बताउनु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको भन्दै महानगरले कारबाही गरेको र आफैले बनाएको समितिले तयर पारेको प्रतिबेदनलाई मेयर बालेन्द्रले स्विकार गर्न नसकेको उहाँले बताउनु भएको हो ।

उहाँले स्टाटसमा ”काठमाडौं महानगर, प्रमुख प्रशासकीय अधिकृत र सरकारबारे सटिकमा बुझ्नपर्ने कुरा । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको भन्दै महानगरले कारबाही गर्यो । उनीमाथि छानबिन गर्न बालेन सचिबालयले नै समिति बनायो । छानबिन समिति को अनुसन्धान पछि गुरागाईंको दोष नभएको निष्कर्ष सहित प्रतिवेदन तयार पार्यो । आफैले बनाएको समितिले तयर पारेको प्रतिबेदनलाई मेयर बालेन्द्रले स्वीकारेनन् ।
यसर्थ अहिले पनि कानूनीरुपमा काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत गुरागाईंनै हुन् । त्यसैले एउटै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले दुईजना प्रमुख प्रशासकीय अधिकृत पठाउँन मिल्दैन । अहिले बालेनले प्रधानमन्री जे–जति घोचपेच गरेर कोलाहाल र हाहाकार गरेपनि सत्य यहीं हो । काम नगरी भन्दा फेसबुकमा सरकारलाई सरापेकै भरमा नागरिकको दिल/दिमाग भुट्न र जनतालाई भ्रममा पार्न सकिने भएपछि कसले, किन केही काम गरोस् ?
बालेन्द्र र रवि लामिछानेहरुले हुर्काउन खोजेको यो प्रवृत्ति देश बनाउने नारा लगाएर देश बर्बाद गराउने तिर केन्द्रित छ ।” भनेर लेख्नुभएको छ ।

Related posts

Leave a Comment