पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकसँग भएको सम्झौता बदर भएको छ। मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले सम्झौता बदर गर्ने फैसला गरेको हो। अदालतले आज समितिको पक्षमा फैसला गरेको हो। यससँगै मारवाडी समितिले धर्मशाला चलाउने बाटो खुलेको छ। पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ गते भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ एकतर्फी रूपमा भंग गरेको थियो। सम्झौता भंग भएपछि समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ…
Year: 2025
काठमाडौं महानगरपालिकाले सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो । बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार भएको थियो । तर, उक्त पत्र आउने बित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न’ माग गर्दै पत्राचार गरिएको हो…
गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको भनी पत्र आएको भन्दै काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको हो। गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो ।
शेयर बजार चौथो दिन पनि घट्यो
शेयर बजार लगातार चौथो दिन पनि घटेको छ । यो हप्ताको आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको छ । आज नेप्से २ दशमलव ७० अङ्कले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज नबिल डिबेन्चर २०८२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज…
सरकारको चालक अनुमतिपत्रकालागि न्यूनतम उमेर बढाउने तयारी
सरकारले चालक अनुमतिपत्र अर्थात् ‘ड्राइभिङ लाइसेन्स’ लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ । अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि…
अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवार इस्वरी प्रसाद आचार्य
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारको रूपमा इस्वरी प्रसाद आचार्यले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। आज एक कार्यक्रमका बीच नीलकण्ठ ३ धादिङ बेसि स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उम्मेदवारी घोषणासँगै आचार्यले क्याम्पसमा शैक्षिक सुधार, पारदर्शिता, र विद्यार्थीको हकहितको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँका अनुसार बेथिति, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप हटाएर क्याम्पसमा गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य छ। कार्यक्रममा उपस्थित विद्यार्थीहरू, क्रान्तिकारी विद्यार्थी नेता तथा समर्थकहरूले इस्वरी…
बेनिघाट रोराङ गाउँपालिकामा “पालिकासँग महिलाका कुरा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै हरेक वर्ष फागुन २४ गते मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सञ्चालन गर्नूभएको कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व साँसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कञ्चन खनाल , गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सम्पुर्ण महिला समुह, सामाजिक अगुवा, शीर्षस्थ नेतृत्व,…
किताब बेचेर एक करोड १० लाख ४२ हजार २५० रुपैयाँ संकलन
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर एक करोड १० लाख ४२ हजार २५० रुपैयाँ संकलन गर्नुभएको छ । उहाँले धरानमा १५ दिनसम्म विभिन्न चोक र कार्यालयहरूमा पुगेर किताब बेच्नुभएको थियो। धेरै दिन उहाँले धरानको भानुचोकमा बसेर दैनिक किताब बेची नगद संकलन गर्नुभएको हो । बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहनु भएका पुनले धरानमा १४ हजार ७ सय २३ थान किताब बिक्री भएको बताउनु भएको छ । सरकारसँग वीरगञ्ज कृषि औजार मर्मत गर्ने सम्झौता गर्नुभएका पुनले किताब बेचेर रकम संकलन गरी उक्त…
अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्
च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथले एक दिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाका तर्फबाट जारी बयानमा मंगलबार भारतविरुद्धको सेमिफाइनलमा सर्वाधिक रन बनाए पनि स्टिभ स्मिथले एक दिवसीयबाट सन्यास लिने घोषणा गरेको उल्लेख छ । खेल सकिएलगत्तै उनले सन्यासका बारेमा टिमसँग कुरा गरेको बयानमा बताइएको छ । अब उनी अस्ट्रेलियाका लागि टेस्ट र टी–२० फर्म्याटमा भने उपलब्ध हुनेछन् । सन् २०१० मा वेस्टइन्डिजविरुद्ध लेग स्पिन अलराउन्डरका रुपमा उनले डेब्यू गरेका थिए । १७० एक दिवसीय खेल खेलेका स्मिथले ४३ दशमलव २ रेनरेटमा ५८०० रन बनाएका छन् । जसमा १२ शतक…
बिना कागजात अमेरिकामा बसिरहेका नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो
धादिङ बिना कागजात अवैधानिक रुपमा अमेरिकामा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ । अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालीहरुलाइ लिएर उडेको बिमान काठमाडौंमा बुधबार बिहान १० बजे अवतरण गरेको थियो । ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । अमेरिकी सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको यो नै पहिलो घटना हो । विमानले विहिबार नेपालमा रहेका अमेरिकी नागरिक लिएर ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने छ ।
