बिना कागजात अमेरिकामा बसिरहेका नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

धादिङ

बिना कागजात अवैधानिक रुपमा अमेरिकामा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ ।

अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालीहरुलाइ लिएर उडेको बिमान काठमाडौंमा बुधबार बिहान १० बजे अवतरण गरेको थियो ।

ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । अमेरिकी सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको यो नै पहिलो घटना हो ।

विमानले विहिबार नेपालमा रहेका अमेरिकी नागरिक लिएर ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने छ ।

Related posts

Leave a Comment