युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज तेस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नामिबियाबीच खेल हुँदैछ । दोस्रो खेलमा नेपालले हङकङसँग खेल्ने छ । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने आइतबार दोस्रो खेलमा युगाण्डालाई एक विकेटले हराएको थियो । हङकङ पहिलो खेलमा युगाण्डासँग पराजित हुँदा आइतबार नामिबियालाई हराएको थियो । हालसम्म सबै टोली २ खेलबाट २-२ अंकमा छन् । नेपालले यसपछि फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग…
Year: 2025
नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण
धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नगरपालिकाको विभिन्न वडाहरुमा रहेको रामकोट माध्यमिक विद्यालय वडा नम्बर ८का दुई सय १४, चण्डेश्वरी माध्यमिक विद्यालय वडा नम्बर ९का दुई सय ९०, स्थानपति आधारभुत विद्यालय वडा नम्बर १०का ७६ जना र शंखदेवी माध्यमिक विद्यालय वडा नम्बर ११ का एक सय ७२ जना गरि जम्मा सात सय ५२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी तथा सरसफाई सामग्री वितरण गरिएको हो । आईतबार Global co-opretion for development ले वितरण गरेको उक्त कार्यक्रममा सोही विद्यालयहरुको आयोजना रहेको थियो भने China foundation for rural…
महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फाल्ने ५ जना पक्राउ
गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताउनुभयो । शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज…
राजतन्त्र पुनःस्थापना असम्भव : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ। उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पार्नु भयो। आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।’ अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताउनु भयो। यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल…
माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित
राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरे
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत संक्षिप्त व्यंग्य गर्दै उनले सरकारको निषेधमुखी राजनीति असफल हुँदै गएको आशय व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाबाट अघि बढे पनि सरकारद्वारा प्रतिशोधपूर्वक निषेध गर्न खोजिएको सन्दर्भ उल्लेख गर्दै भने “यही व्यवस्थाको संवैधानिक र लोकतान्त्रिक विधान र विधि सम्मत आएका हामीहरूलाई प्रतिशोध साधेर निषेध गर्न खोज्नेहरूको हिजो आज निद हराम भएको हेर्न मलाई चाहिँ मज्जा आएको छ !” ढकालले पछिल्लो समय राजावादी आन्दोलन चर्कँदै गएको सन्दर्भ उल्लेख गर्दै…
तत्काल राजतन्त्र फर्किन सम्भव छैन
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू राजतन्त्रको पक्षमा वातावरण बनाउन निरन्तर लागिरहेको बताएका छन् । तत्काल राजतन्त्र फर्किन सम्भव नरहेपनि विस्तारै त्यसका लागि वातावरण निर्माणमा जुटेको उनको भनाइ थियो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजालाई नारायणहिटी प्रवेशको सम्भावना नरहेकाले तत्कालका लागि निर्मल निवासमै लैजाने बताए । प्रसाईंले भने,’फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्याउने छौं ।’
टिपरको ठक्करबाट तीनजनाको मृत्यु
धादिङसवारीसाधनको ठक्करबाट काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । शुक्रबार बिहान करिब पौने ४ बजे शंखरापुर नगरपालिका–६, साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडकछेउको टहरोमा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले…
सेमजोङ प्रहरी चौकीको भवन उद्घाटन
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ स्थित प्रहरी चौकी सेमजोङको भवन उद्घाटन भएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरेशचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको विशेष उपस्थितीमा नवनिर्मित कार्यालय,ब्यारेक,मेश सहितको भवन उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी ईकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधीन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामिछानेले बताउनुभयो । उहाँले…
सरकारले जारी गरेका पाँच अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत
सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ। बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए। उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो। त्यसअघि उक्त अध्यादेशविरुद्ध…
