धादिङ चैत्र ३०
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, नीलकण्ठ नगरपालिका सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, महिला विकास शाखा प्रमुख निर्मला के सी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले दलितहरुको न्यायका लागि समाजमा हुने विभेदको अन्त्यका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने र आफ्नो हक अधिकार र दलित उत्थानका लागि समूह निर्माण गरी स्थानीय सरकार समक्ष योजना सहित प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
