रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३८ औं वार्षिक साधारण सभा सम्पन्न

धादिङ चैत्र ३०

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शानिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश संसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायत विभिन्न संघ संस्था र राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।

तस्विर: गणेशसंबाददाता

कार्यक्रमको सम्बोधन गर्नुहुदै प्रमुख अतिथि लम्सालले समाजमा हुन सक्ने आपतकालिन अवस्थाको लागि नेपाल रेडक्रसले प्रशंसनिय कार्य गदैं आइरहेको र त्यसमा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरुले रेडक्रस धादिङ शाखाले गरेको कार्यहरुको बारेमा खुलेर प्रशंसा गर्नुभएको थियो ।

तस्विर: गणेशसंबाददाता

Related posts

Leave a Comment