रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३८ औं वार्षिक साधारण सभा सम्पन्न

धादिङ चैत्र ३० नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शानिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश संसद गोविन्द लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायत विभिन्न संघ संस्था र राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्नुहुदै प्रमुख अतिथि लम्सालले समाजमा हुन सक्ने आपतकालिन…

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र ३०धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, नीलकण्ठ नगरपालिका सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, महिला विकास शाखा प्रमुख निर्मला के सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलितहरुको न्यायका…

हनुमान जयन्तीको शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप

धादिङ, चैत्र-३० हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । छपकैया चोकमा शोभायात्रा पुग्दा दुई पक्षबीच विवाद उत्पन्न भई झडपमा परिणत भएको हो । झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीयवासी तथा सुरक्षाकर्मीहरू घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै सुरक्षाका लागि आवश्यक कदमहरू चालिरहेको छ । घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरेको छ । स्थानीयवासीलाई संयमित रहन र अफवाहमा नपर्न अनुरोध गरिएको छ । प्रहरीले घटनाको…

बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गर्नु भएको छ ।   भारतीय मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको समाचारमा उल्लेख छ । 

नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दै

आज नेपालले चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेल हङकङसँग खेल्दै छ । हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ।  अपराजित नेपाल फाइनल पुग्ने लक्ष्यमा छ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।  नेपाल चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। हङकङ र कुवेतको २–२ अङ्क छ, कतार अङ्कविहीन छ। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि भोलि खेल्नेछन्। 

चितुवाको आक्रमणमा बालिकाको मृत्यु

धादिङ, चैत्र-३० तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परेर एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामी डाँडामा शुक्रवार साँझ चितुवाले आक्रमण गर्दा १० बर्सिया बालिका अनुजा विकको मृत्यु भएको हो ।इसुप र अमृता विकको छोरी अनुजालाई साँझ ६ बजेको आसपासमा चितुवाले आक्रमण गरेको थियो । अनुजाको शव झन्डै एक किलोमिटर पर फेला परेको स्थानीय सुदिन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत बालिकाको दाहिने खुट्टा खाएको अवस्थामा फेला परेको हो ।

आज पनि देशका केहि भागमा वर्षाः वातावरणमा क्रमिक सुधार

धादिङ चैत्र ३०देशका विभिन्न ठाउँमा अहिले वर्षा भईरहेको छ । दाङ, अछाम, दैलेख, कालीकोटलगायतका ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना रहेको छ । यसबाट देशव्यापी रहीरहेको तुँवालो क्रमिक रुपमा कम हुने महाशाखाले जनाएको छ ।