धादिङ, चैत्र-३०
हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभायात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । छपकैया चोकमा शोभायात्रा पुग्दा दुई पक्षबीच विवाद उत्पन्न भई झडपमा परिणत भएको हो ।
झडपका क्रममा केही पसलहरूमा आगजनी भएको र स्थानीयवासी तथा सुरक्षाकर्मीहरू घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्दै सुरक्षाका लागि आवश्यक कदमहरू चालिरहेको छ ।
घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरेको छ । स्थानीयवासीलाई संयमित रहन र अफवाहमा नपर्न अनुरोध गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।
