आज बिहान अछाममा भूकम्प गएको छ। बिहान ६:३० बजेको समयमा अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको गएको हो । भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो।
Month: March 2025
पुटिनसँग भेट्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ। रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने…
नेपाल पत्रकार महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ
धादिङ नेपाल पत्रकार महासंघ धादिङको लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकिएको छ । महासंघको सोमबार बसेको बैठकले पत्रकारको हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लोकतन्त्रको पुर्ण उपभोगको आव्हान गर्दै विभिन्न निर्णय सहित लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकेको हो । बैठकले महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ, गुनासो सुन्ने अधिकारीमा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फोकल पर्सन) अस्मिता पोखरेललाई तोकेको नेपाल पत्रकार महासंघका सूचना अधिकारी सन्तोषराज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघको जिन्सि अभिलेख दुरुस्त नदेखिएकोले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएको…
थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक
नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। आगामी १८ भदौसम्म उनी प्रहरी नेतृत्वमा हुनेछन् । एआइजीहरु सुदीप गिरी र टेकबहादुर तामाङपनि आइजिपीको प्रतिस्पर्धामा थिए । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि रिक्त भएको पदमा थापा नियुक्त भएका हुन्।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित उच्च अधिकृतहरू आज एकसाथ अवकाशमा जाँदै
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सहित नौ उच्च अधिकृतहरू आज एकसाथ अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षक ‘एआईजी’ हरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन । त्यस्तै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन । प्रहरी प्रमुख विदामा जान लागेपनि सरकारले आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा रहेका छन । सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा…
बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च
नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा.विकास अधिकारी, ई.युवराज दाहाल, ई.करुणा गौतम र ई.रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ । अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा,…
आगलागीबाट चार लाख मूल्य बराबरको क्षति
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ साउनेपानीमा गएराति भएको आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रबि रावलका अनुसार स्थानीय प्रेमप्रसाद निरौलाको भान्छा घरमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। आगलागीबाट भाडा वर्तन र लत्ता कपडासहित नस्ट भएका छन् भने केही पशु चौपाया समेत मरेका छन्।
गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने
गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ। यहि चैत १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव जिल्ला होटल संघ धादिङको आयोजनामा हुने छ भने महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ। गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह, युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित कार्यक्रम उद्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिनुभयो । महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् । साथै,परम्परागत बाजा प्रदर्शन…
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक उडान गर्दै चिन
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ। “पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ”, बोर्डले आज जारी…
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन गर्न शाहीको चेतावनि
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे। सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए। त्यस्तै उनले विभिन्न कालखण्डका…
