धादिङ
नेपाल पत्रकार महासंघ धादिङको लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकिएको छ ।
महासंघको सोमबार बसेको बैठकले पत्रकारको हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लोकतन्त्रको पुर्ण उपभोगको आव्हान गर्दै विभिन्न निर्णय सहित लैंगिक फोकल पर्सन र सूचना अधिकारी तोकेको हो ।
बैठकले महासंघ, धादिङ शाखाको सूचना अधिकारीमा सन्तोषराज श्रेष्ठ, गुनासो सुन्ने अधिकारीमा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फोकल पर्सन) अस्मिता पोखरेललाई तोकेको नेपाल पत्रकार महासंघका सूचना अधिकारी सन्तोषराज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघको जिन्सि अभिलेख दुरुस्त नदेखिएकोले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएको उहाँले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले सबै सदस्यको सदस्यता समय यहि चैत मसान्तमा सकिने भएकाले महासंघको कार्यालयमा सम्पर्क गरेर आफ्नो सदस्यता नविकरणका गर्नका लागि अनुरोध गरेको छ ।
त्यसंगरि नेपाल पत्रकार महासंघ स्थापना दिवसको अवसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ । उक्त बैठकले महासंघको कार्यालय नियमित संचालन गर्न कर्मचारी नियुक्त गर्नुका साथै नेपाल पत्रकार महासंघका संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहको शालिक निर्माणका लागि साझेदारी गर्न आव्हान समेत गरेको छ ।
