बिगु गाउँपालिका–२,जगतमा एसईई परीक्षा सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ। बिगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई परीक्षा दिन आएका थिए। जगतमा कोठा भाडामा लिइ बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।
Month: March 2025
अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरे
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् । स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् । क्याम्पस…
एसइई परीक्षा सुरू पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी
एसइई परीक्षा सुरू भएकाे छ । आज देखि सुरु भएकाे एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरू भएकाे हाे । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)मा छन् । जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ । परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा…
उज्यालोको नायक कुलमान घिसिङ होइन है
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताउनु भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गर्नुभयो । कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उहाँले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति…
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा मल्ल पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले सोमबार निजलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त गेष्ट हाउसबाट दुई जना बालिकाको उद्दार गरी सुरक्षित आवासका लागि सेल्टरहोममा पठाएको प्रहरीले जनाएको छ । मल्लमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन…
धादिङका ५ हजार ४७५ विद्यार्थीले एसईई दिँदै
भोली ७ गते बाट धादिङमा २४ वटा परीक्षा केन्द्रबाट १६२ विद्यालयका ५ हजार ४७५ विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षा दिँदै छन् । ती मध्ये १३४ सामुदायिक विद्यालय, १८ संस्थागत विद्यालय, ८ प्राविधिक विद्यालय, र २ खुला विद्यालय रहेका छन् । परीक्षामा सामुदायिक विद्यालयबाट ५ हजार ९४ विद्यार्थी तथा संस्थागत विद्यालयबाट ३ सय ८१ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये सक्सेस एकेडेमीमा अध्ययनरत एक दृष्टिविहीन विद्यार्थीले पनि परिक्षा दिदैछन् । उनलाइ अन्य विद्यार्थीहरू भन्दा अलग राखी विशेष व्यवस्था सहित अतिरिक्त समय प्रदान गरिने व्यवस्था मिलाएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका…
साहित्यकार सौगात रिजालका गजलहरु
एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ । अप्ठ्यारो पर्छ ,आगामी दिन घर बिग्रन्छ ।। तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला । मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ।। आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर । श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ ।। छोरो विदेशमा छ बुहारीको निको चाला छैन । बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ ।। बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास् । बुहारीलाई नदेखा “यत्तिका रिन घर बिग्रन्छ ।। बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ । हुनदेउ छोरा हामी किसानीको यहि त…
सूचना प्रविधिले नेपालको अर्थतन्त्र विकासमा पार्न सक्ने प्रभाव: सम्भावना र सरकारको दृष्टिकोण
नेपालको अर्थतन्त्र ऐतिहासिक रूपमा कृषि, पर्यटन र विदेशी रोजगारीमा निर्भर रहेको छ। युवा जनशक्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको धनी भए पनि व्यवस्थापनकोअभाव, उत्पादनशीलतामा कमी र बेरोजगारीको उच्च दरले गर्दा देशले सन्तुलित आर्थिक वृद्धि हासिल गर्न सकेको छैन। यस अवस्थामा, सूचना प्रविधि (IT) ले नेपालको आर्थिक परिवर्तनको नयाँ युग सुरु गर्न सक्ने सम्भावना देखिन्छ। विश्वव्यापी रूपमा डिजिटल अर्थतन्त्रको प्रभाव बढ्दै गएको बेलामा नेपालले आफ्नो युवा शक्ति, सस्तो र गुणस्तरीय मानव श्रम, र प्रविधिमा रहेको रुचिलाई पूँजी बनाउन सक्छ। यसै सन्दर्भमा, नेपाली कांग्रेसका नेता गगन थापाले हालै किर्तिपुरमा गरेको एक चुनावी…
विद्यार्थीहरूबिच कुटाकुट
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।
राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगरियोस् – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गर्नुभएको छ । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भन्नुभयो। अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताउनु भयो। ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर…
