नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। आगामी १८ भदौसम्म उनी प्रहरी नेतृत्वमा हुनेछन् ।
एआइजीहरु सुदीप गिरी र टेकबहादुर तामाङपनि आइजिपीको प्रतिस्पर्धामा थिए ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि रिक्त भएको पदमा थापा नियुक्त भएका हुन्।
