धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा गत आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । हिजो सोमबार सम्ममा नगरपालिका भित्रका ७ वटा विद्यालयका ११ सय ७२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोशाक तथा सरसफाई सामाग्री वितरण गरिएको थियो । त्यस्तै मंगलबार नीलकण्ठ १२ साङकोष माध्यमिक विद्यालयमा ९१ जना, नीलकण्ठ १४ स्थित सरस्वती माध्यमिक विद्यालयमा १०४, नीलकण्ठ नगरपालिका वडा नम्बर २…
Day: March 11, 2025
बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ ।
रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका अध्यक्ष
स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन् । राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली निर्विरोध भएका छन् । यसैगरी, सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने स्यार्फु बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा टेकराज विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी) तर्फबाट सभापतिमा थपलिया निर्विरोध
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेमा अवस्थित नेत्रावती सामूदायिक बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) तर्फबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । अखिल (क्रान्तिकारी) ले सभापति सहित ३ सदस्य, नेवि संघले उप–सभापति, सचिव सहित १ सदस्य र अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति सँगै क्रान्तिकारीबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै उप–सभापतिमा सुलोचना खड्का (नेवि संघ), सचिवमा विनोद गौली (अनेरास्ववियु), कोषाध्यक्षमा सबिना अधिकारी (अनेरास्ववियु) र सह–सचिवमा सरिता गुभाजु (नेवि संघ) चयन हुनु भएका छन् । त्यस्तै सदस्यहरूमा सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी), मैना सिटौला…
पाकिस्तानमा रेल अपहरण
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित बोलान नजिकै क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेललाई गोलीबारी गरेर अपहरण गरिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले रेल अपहरण गरी १२० यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। आक्रमणमा ६ सैनिकको मृत्यु भएको बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पुष्टि गरेका छन्। बलुचिस्तान अलग देश हुनुपर्ने माग गरेर सेनाविरुद्ध संघर्ष गरिरहेको बीएलएले आफ्नो समूहमाथि सैन्य कारबाही भए सबै बन्धकलाई मार्ने चेतावनी दिएको छ। एक सरकारी अधिकारीका अनुसार, ९ कोच भएको यो रेलमा करिब ५०० यात्रु सवार थिए। सुरुङ नम्बर ८ नजिकै हतियारधारी बीएलएले लडाकुले रेल रोकेका थिए।…
