धादिङमा ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पत्रकारिताको क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उचित प्रशिक्षण दिने उद्देश्य सहित चैत्र ८ गतेबाट सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नूहुदै कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उपप्रमुख विश्वकर्माले तिन दिने तालिम उपलब्धीमुलक भएको विश्वास…
Category: समाज
समाज
साँग्रिला प्लाई उद्योगमा आगलागी
धादिङ, चैत्र-११, दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ । जिल्लाका सबै दमकल, ट्यांकर परिचालन गरिएको छ भने बाँके र रुपन्देहीबाट समेत दमकल र ट्याङकर ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ । विद्युत सर्ट भएर…
हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
धादिङ, चैत्र-१० चितवनबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको हाइस नागढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा आज अपरान्ह पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनु भयो । दुर्घटनामा घाइते भएकी २६ वर्षिय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन । त्यस्तै चितवन कालिका नगरपालिका– ७ घर भएकी ६८ वर्षीया तारादेबी कुमाल गम्भीर…
सुन चाँदीको मूल्य घट्यो
धादिङ चैत्र १०, आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ ।
डुबेर डेढ वर्षीया बालिकाको ज्यान गयो
धादिङ, चैत्र १० धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीमा डुबेर डेढ वर्षीया बालिकाको ज्यान गएको छ । सन्जिव परियारको डेढ वर्षिया छोरी सन्जिवनीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनु भयो। अध्यक्ष श्रेष्ठका अनुसार घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा पानीमा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर छन् । आमा घर भित्रको काम गरिरहेको समयमा घरको आँगनमा रहेको पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ ।
दलितको घर भत्काएका तीनजना विरुद्ध जाहेरी
धादिङ चैत्र ९सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काएका तीनजना विरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ । पीडित दीपक मरिक (डोम) ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् । पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको र कारबाही प्रक्रिया अघि बढाएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिनुभयो । “जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,” एसपी पण्डितले भन्नुभयो ।…
पत्रकारीतामा अवसर र चुनौति दुवै थपियो – उप–प्रमुख दिपक विश्वकर्मा
धादिङ धादिङमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । शुक्रबार सदरमुकाम धादिङबेसीमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले तालिमको उद्घाटन गर्नु भएको हो ।सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा उद्दघाटन गरिएको तालिममा नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको…
नेपाली विषयको प्रश्नपत्र बाहिरियो
एसइई परीक्षाको दोस्रो दिन सप्तरीमा नेपाली विषयको प्रश्नपत्र परिक्षा सुरू भएको आधा घण्टामै बाहिरिएको छ। प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको विषय खुल्न सकेको छैन। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषय बुझ्ने कार्य भइरहेको बताउनु भएको छ ।
एसईई परीक्षाका परीक्षार्थीको नदीमा डुबेर मृत्यु
बिगु गाउँपालिका–२,जगतमा एसईई परीक्षा सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ। बिगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई परीक्षा दिन आएका थिए। जगतमा कोठा भाडामा लिइ बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।
एसइई परीक्षा सुरू पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी
एसइई परीक्षा सुरू भएकाे छ । आज देखि सुरु भएकाे एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरू भएकाे हाे । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)मा छन् । जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ । परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा…
