पत्रकारीतामा अवसर र चुनौति दुवै थपियो – उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ

धादिङमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

शुक्रबार सदरमुकाम धादिङबेसीमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले तालिमको उद्घाटन गर्नु भएको हो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो ।


सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा उद्दघाटन गरिएको तालिममा नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिमको उद्दघाटन सत्रलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दिपक विश्वकर्माले प्रविधि विकास संगै पत्रकारीतामा अवसर र चुनौति दुवै थपिएकोले थप संवेदनशिल भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले विगतमा पत्रकारीता पेशा सहज नभएको बताउनुहुदै आफुलाई थप क्षमतावान बनाएर प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।


त्यस्तै कार्यक्रमका अध्यक्ष मनराज भण्डारीले १० वर्षे जन–आन्दोलनले हासिल गरेको वाक स्वतन्त्रताको अधिकारलाई पत्रकारहरुले ससम्मान प्रयोग गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी नीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत पूरुषोत्तम सुवेदी,सामाजिक बिकास समिती संयोजक मञ्जु मगर, नगर कार्यपालिका सदस्य एवम् आर्थिक विकास समिती संयोजक लक्ष्मण रम्तेल, रेडियो बिहानीका रेडियो व्यवस्थापन समिती का अध्यक्ष अमृत तामाङ,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका सचिव सन्तोषराज श्रेष्ठ लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

Related posts

Leave a Comment