रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजनामा ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न

धादिङमा ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

पत्रकारिताको क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उचित प्रशिक्षण दिने उद्देश्य सहित चैत्र ८ गतेबाट सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो ।

सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नूहुदै कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उपप्रमुख विश्वकर्माले तिन दिने तालिम उपलब्धीमुलक भएको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आधारभुत ज्ञान र सिपलाई ग्रहण गर्दै अगाडी बढ्न सुझाव दिनुभएको छ । उहाँले गणतन्त्रको स्थापना, राजतन्त्रको र सामाजिक कुरितिको अन्त्य गर्दै, नयां नेपालको परिकल्पनाका साथ स्थापना भएको रेडियो बिहानीले लिएको लक्ष्य पुरा गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रमका अध्यक्ष भण्डारीले सहिद स्मृति सञ्चार सहकारी संस्था लि.ले निरन्तर यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको र आगमी दिनमा पनि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुई दिन सम्म मुख्य प्रशिक्षकको पत्रकारिताको विभिन्न विषयमा प्रशिक्षण गराउनुभएका राष्ट्रिय समाचार समितिका सम्पादक हरि लामिछानेले महत्वपुर्ण समय जुटाएर सहयोग गरिदिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उक्त तालिमले पत्रकारितालाई समाजको अभिन्न अंग र समाजको सबैभन्दा राम्रो पाटो हो भन्ने कुराको महशुस गराएको बताउनुभयो । उहाँले तालिम पश्चात नयाँ पत्रकार जन्मनुका साथै विभिन्न किसिमका लेख रचनाहरु लेख्नका लागि समेत प्रोत्साहित गरेको बताउनुभयो ।

तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुले आफुहरु जस्ता पत्रकारिता क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उक्त तालिमले केहि उर्जा मिलेको बताएका थिए । त्यसै गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा जसरी नै पत्रकारिताको क्षेत्रमा पनि उचित किसिमको प्रभावकारी कार्ययोजना निर्माण गर्न नीलकण्ठ नगरपालिकालाई आग्रह गरेका थिए ।

तिन दिन सम्म सञ्चालन भएको उक्त तालिममा नीलकण्ठ नगरपालिकाको विभिन्न वडालाई नेतृत्व गर्दै आएका ३५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उक्त तालिममा समाचारका विभिन्न विषय, रिर्पाेटिङ गर्ने तरिका, मोबाईल पत्रकारिता, फोटो पत्रकारिता, पत्रकारिताका वर्तमान अवस्था, अन्तरवार्ता लिने शैली लगायत पत्रकारिताको आचार संहिताको बारेमा प्रशिक्षण गराईएको थियो ।

तालिमको समापन समारोहमा सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षता रहेको थियो भने नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी नीलकण्ठ नगरपालिकाको आर्थिक विकास समिती संयोजक लक्ष्मण रम्तेल, रेडियो बिहानीका रेडियो व्यवस्थापन समितीका अध्यक्ष अमृत तामाङ, व्यवस्थापन समिति सदस्य हरिकृष्ण लम्साल, नेपाल पत्रकार महासंघ धादिङका कोषाध्यक्ष बद्रि अधिकारी लगायत विभिन्न व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

Related posts

Leave a Comment