एसईई परीक्षाका परीक्षार्थीको नदीमा डुबेर मृत्यु

बिगु गाउँपालिका–२,जगतमा एसईई परीक्षा सकेर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ।

बिगु गाउँपालिका-२, ओराङका १७ वर्षीय प्रवीन तामाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। देउलाङ्गेश्वर माविमा अध्ययनरत छात्र तामाङ गाउँपालिकास्थित गौरीशंकर माविमा एसईई परीक्षा दिन आएका थिए। 

जगतमा कोठा भाडामा लिइ बसेका तामाङ बिहीबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ।

Related posts

Leave a Comment