धादिङ, २–असार,उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्रउ नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ुपाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । कानुनबमोजिमबाहेक धरपकड नगर्नू र नगराउनू भन्ने आदेश भएको छ । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले…
Category: Trends
वाई.सि.एल नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न
धादिङ, जेष्ठ-३० नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाई.सि.एल) नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार वाई.सि.एल नगर अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि भण्डारीले कार्यक्रममा वाई.सि.एल युवाहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको सक्रियता अत्यन्तै आवश्यक रहेको र पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक धार सुदृढ बनाउन वाई.सि.एल ले…
धुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
धादिङ, जेष्ठ-३० धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए। पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक हमालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
गल्छीमा दुई माइक्रोबस आपसमा ठोकिदा १२ जना घाइते
पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा दुई वटा गाडी ठोक्किदा १२ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा…
डिभिजन वन कार्यलय धादिङको आबधिक वन ब्यबस्थापन कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न
डिभिजन वन कार्यालय धादिङले आवधिक योजना सहितको रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा प्रस्तुतिकरण तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ। वनको दिगो व्यवस्थापन र स्थानीय सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले रणनीतिक वन व्यवस्थापन कार्ययोजनाले वन स्रोतको संरक्षण, उपयोग, दिगोपन र जैविक विविधताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सहभागितामूलक वन व्यवस्थापनले मात्र दीगो विकास सम्भव हुने बताउदै स्थानीय तहको सहकार्य, उपभोक्ता समितिको सक्रियता र वैज्ञानिक आधारमा तयार गरिएका योजनाहरू कार्यान्वयनमा ल्याइनेछ बताउनुभयो ।जिल्ला समन्वय…
जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समावेश
धादिङ, जेष्ठ–२८ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा प्रवेश) गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा…
नेदरल्यान्ड्समाथि नेपालको जित
धादिङ,जेष्ठ–२८ नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित निकालेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रन मात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो। नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। भने स्कर्ट एडवर्डले ३० रन जोडे । नेदरल्यान्डलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने ललित राजवंशीले २ तथा करण…
विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्नुपर्दछ: उप–प्रमुख चोदेन
धादिङ, ज्येष्ठ–२६ नेत्रावति डबजोङ गाउँपालिकाका उप–प्रमुख सितामाया चोदेनले सोमबार निर्माणाधीन बोलिङजोन गुम्बा मिनी बुद्ध पार्क तथा भोग्टेनी सडक खण्डमा निर्माण भइरहेको सुरक्षा पर्खालको अनुगमन गर्दै विकास निर्माणका काममा गुणस्तर र पारदर्शितामा ध्यान दिनुपर्ने बताइन्। उक्त अनुगमनको क्रममा उप–प्रमुख चोदेनले निर्माणको गुणस्तर, समय सीमा र स्थानीय जनताको अपेक्षाअनुसार योजना कार्यान्वयनमा आउनुपर्ने आवश्यकता औंल्यायिन् । उनले विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइन्। मिनी बुद्ध पार्क स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ भने भोग्टेनी सडक सुरक्षा पर्खालले सवारी आवागमनलाई सुरक्षित र वर्षा याममा हुने सडक…
वाईसीएलको केन्द्रीय सदस्यमा धादिङका नवराज मजकोटि
धादिङ, २५– जेष्ठ नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् । वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् । साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित…
रुवीभ्याली गाउँपालिकाको दूईदिने शैक्षिक सम्मेलन सम्पन्न
धादिङ, २५–जेष्ठ उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो। सम्मेलनबाट बिभिन्न सरोकारवाला पक्षबाट ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ। सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले बताउनुभयो । समग्र शैक्षिक गुणस्तर…
