पाठकलाई तत्काल पक्रउ नगर्नु–उच्च अदालत पाटन


धादिङ, २–असार,
उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्रउ नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

ुपाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । कानुनबमोजिमबाहेक धरपकड नगर्नू र नगराउनू भन्ने आदेश भएको छ । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन् । पत्रकार पाठकले आफ्नो कार्यक्रम टफ टक मार्फत् हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे हिल्टनमा जयवीर देउवाको पैसा शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

Related posts

Leave a Comment