नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

धादिङ, १५–असारनीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। उपमेयर दिपक बिश्वकर्माको अध्यक्षता र मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा नं–८ का अध्यक्ष एवं नगर प्रवक्ता प्रकाश कुमार श्रेष्ठ, सामाजिक विकास संयोजक मञ्जु थापा मगर लगायतको उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मेयर ढुंगानाले सीप सिकेर स्वदेशमै रोजगार सिर्जना गर्न सकिने उल्लेख गरे । विदेशिने प्रवृत्तिमा कमी ल्याउँदै बेरोजगारी न्यूनीकरणमा यस्ता तालिम प्रभावकारी हुने उनको भनाई थियो। उप–प्रमुख बिश्वकर्माले श्रम बजारमा…

असार १५ तथा राष्ट्रिय धान दिवस वाइसियल धादिङ र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) द्वारा विसालटारमा भव्य रूपमा सम्पन्न

धादिङ, १५ – असार वाइसियल धादिङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) धादिङ र बेनिघाट रोराङ गाउँ समितिको संयुक्त आयोजनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विसालटारमा असार १५ तथा राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, माओवादी केन्द्रीय सदस्य रामबहादुर भण्डारी, माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष मनराज भण्डारी (सैलेस), नेकपा ( माओवादी केन्द्र) बागमती प्रदेस सदस्य चन्द्र बहादुर सिलवाल (मिलन)बेनिघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक), वाइसियल केन्द्रिय कार्यलय सदस्य नवराज मजकोटि, वाइसियल केन्द्रीय सदस्य…

एसईईको नतिजा सार्वजनिक

धादिङ,१३–असार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । वेबसाइटमा पूरै नतिजा प्रकासित हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

दिपेन्द्र सिंह ऐरीले प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिए

धादिङ, ११–असार नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन्। प्रहरी संगठनबाट राजीनामा दिएपछि उनी अब पूर्णरूपमा क्रिकेटमै केन्द्रित हुने बताएका छन्। नेपाल प्रहरीमा लामो समयदेखि कार्यरत ऐरीलाई सन् २०२३ मा क्रिकेटमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा सहायक हवल्दारमा पदोन्नति दिइएको थियो। तर, पछिल्ला दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तता बढेसँगै प्रहरी सेवामा समय दिन नसक्ने भएकाले उनले राजीनामा दिने निर्णय गरेका हुन्। राजीनामा पत्रमा उनले लेखेका छन्, ूदेशको सुरक्षामा योगदान दिन पाएकोमा म गौरवान्वित छु। तर अब समयले मलाई पूर्णरूपमा क्रिकेटमा केन्द्रित हुन…

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

धादिङ, ९–असार देशभर मनसुन प्रणाली सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। साथै केही स्थानहरूमा चट्याङ, हावाहुरीसहितको वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। धादिङबेशिमा हाल बर्षा भइरहेको छ । अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने न्यूनतम तापक्रम २० डिग्रीको आसपास रहनेछ। मौसम विभागले दिएको बाढी, पहिरो…

अमेरिका र इरानबीच बढ्दो तनाव

धादिङ, ९–असार अमेरिका र इरानबीच बढ्दो तनाव अन्ततः खुला युद्धमा परिणत भएको छ। पछिल्ला केही हप्तादेखि भइरहेको सैन्य र कूटनीतिक तनावले आज निर्णायक मोड लिएको हो, जब अमेरिकी सेनाले इरानको एक प्रमुख सैन्य आधारमा हवाई आक्रमण गर्‍यो। इरानले तत्काल जवाफी कारबाही गर्दै अमेरिकी सैन्य प्रतिष्ठानहरूमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो सुरक्षामा आँच आउने कुनै पनि प्रयासको जवाफ दिन पछि हट्दैनौं।’ इरानी सर्वोच्च नेता आयतोल्ला अली खामेनीले भने, ‘यो आक्रमण इरानको स्वाभिमानमाथि धावा हो। हामी यसमा…

पृथ्वी राजमार्गमा सवरि आवागमन नरोकिने

धादिङ, ८–असार मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आइतबार बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा…

विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत १५ दिने सिलाई कटाई एडभान्स तालिम सम्पन्न

धादिङ, ८ –असार नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित १५ दिने सिलाई कटाई एडभान्स तालिम सम्पन्न भएको छ। “समृद्ध नीलकण्ठ नगरको आधार: कृषि, पर्यटन, उद्यमशीलता सहितको पूर्वाधार” भन्ने नाराका साथ संचालन गरिएको उक्त तालिम २०८१ जेठ २१ गतेदेखि सुरु भई २०८१ असार ८ गतेसम्म संचालन गरिएको थियो। तालिम नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नगर कार्यपालिकाको कार्यालय, धादिङको सहकार्यमा सम्पन्न भएको हो। साथै, बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यान्वयन इकाइको साझेदारीमा तालिम संचालन गरिएको थियो। दलित समुदायका महिलाहरूको सीप अभिवृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना…

नीलकण्ठ नगरपालिका को १७ औं नगरसभा सम्पन्न, युवा, शिक्षा, कृषि मा जोड

धादिङ ६ असारनगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपप्रमुख दिपक विश्वकर्माले आगामी वर्षका लागि कुल रू. एक अर्ब बाइस करोड त्रियानब्बे लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त बजेट नगरपालिकाको समग्र सामाजिक, भौतिक, आर्थिक र संस्थागत विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ । उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन…

नेकपा (माओवादी केन्द्र) नीलकण्ठले नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझायो

धादिङ, ३–असार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले नीलकण्ठ नगरपालिकाको नगर शिक्षा ऐन र विभिन्न बुँदाहरूको संशोधन गर्ने माग राख्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ। पार्टीका नीलकण्ठ नगर समिति अध्यक्ष अमृत तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारी, निवर्तमान नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर सचिव हरिकृष्ण लम्साल, वाईसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, वाइसियल नगर समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलले मङ्गलवार नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई नगर कार्यपालिकाको कार्यालयमा भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन। पत्रमा नगरपालिका…