गल्छीमा दुई माइक्रोबस आपसमा ठोकिदा १२ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा दुई वटा गाडी ठोक्किदा १२ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ ।

दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Related posts

Leave a Comment