दिपेन्द्र सिंह ऐरीले प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिए

धादिङ, ११–असार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन्। प्रहरी संगठनबाट राजीनामा दिएपछि उनी अब पूर्णरूपमा क्रिकेटमै केन्द्रित हुने बताएका छन्।

नेपाल प्रहरीमा लामो समयदेखि कार्यरत ऐरीलाई सन् २०२३ मा क्रिकेटमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा सहायक हवल्दारमा पदोन्नति दिइएको थियो। तर, पछिल्ला दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तता बढेसँगै प्रहरी सेवामा समय दिन नसक्ने भएकाले उनले राजीनामा दिने निर्णय गरेका हुन्।

राजीनामा पत्रमा उनले लेखेका छन्, ूदेशको सुरक्षामा योगदान दिन पाएकोमा म गौरवान्वित छु। तर अब समयले मलाई पूर्णरूपमा क्रिकेटमा केन्द्रित हुन माग गरिरहेको छ। त्यसैले म सम्मानपूर्वक यो जिम्मेवारीबाट अलग हुने निर्णय लिएको छु।ू

क्रिकेट समर्थक तथा विज्ञहरूले ऐरीको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूको भनाइमा, यो कदमले ऐरीलाई अझ बढी फोकसका साथ खेल प्रदर्शन गर्न सहयोग पुर्‍याउनेछ।

हाल ऐरी आगामी खेलहरूका लागि राष्ट्रिय टोलीको तयारीमा व्यस्त छन्। नेपाल क्रिकेट संघ ९ऋब्ल्० ले उनको निर्णयको स्वागत गर्दै भविष्यका लागि शुभकामना दिएको छ।

Related posts

Leave a Comment