धादिङ,१–साउनहाल विश्वभर नै कारोबार प्रणाली डिजिटल प्रविधितर्फ उन्मुख भइरहेको अवस्थामा नेपाल पनि तीव्र गतिमा डिजिटल कारोबारको दिशामा अगाडि बढिरहेको छ । मोबाइल वालेट, अनलाइन बैंकिङ, ई–कमर्स र क्युआर कोडमार्फत भुक्तानीजस्ता प्रविधिहरू लोकप्रिय बन्दै गइरहेका छन् । यस्ता विकासहरूले डिजिटल प्रविधिबाट कारोबारको सम्भावना उजागर गरिरहेका छन् । हाल ई–सेवा, खल्ति, आइएमइ पे, नमस्ते पे जस्ता डिजिटल वालेटहरू देशभर लोकप्रिय हुँदै गइरहेका छन् । सरकारी सेवाहरू पनि क्रमशः अनलाइन हुँदै गइरहेका छन् । कर तिर्ने, नागरिकता फारम भर्ने, परीक्षा आवेदन दिने, बीमा भुक्तानी गर्नेजस्ता धेरै सेवा डिजिटल माध्यमबाट सहज रूपमा लिन सकिने…
Category: Trends
आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रम सम्पन्न
धादिङ, असार-२८ नीलकण्ठ नगरपालिका वडा नं. ८, रामकोट हटिया चौतारामा सञ्चालित आधारभूत कम्प्युटर तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। अनन्त आशा नेपालको आयोजनामा र अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग तथा नीलकण्ठ नगरपालिका र वडा नं. ८ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना सहभागी रहेका थिए। तालिम तीन महिना (९० दिन) सम्म सञ्चालन भएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले गरेका थिए । उनले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई भविष्यमा जीवनोपयोगी बनाउनेतर्फ ध्यान दिन सहभागीहरूलाई सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख…
अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितिद्वारा SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
धादिङ २६ असार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नीलकण्ठ नगर समिति, धादिङद्वारा आयोजित SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्भ्भ् परीक्षा २०८१ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितीले जनाएको छ । उक्त सम्मान कार्यक्रममा SEE उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र र मेडल प्रदान गरि शैक्षिक जीवनको बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । “सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्र प्रदेश तथा…
आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा
धादिङ, २६–असार आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि…
गुरु पूर्णिमा तथा नेपाल निवृत्त शिक्षक समाजको ११औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न
धादिङ, २६–असार नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङको आयोजनामा गुरु पूर्णिमा तथा संस्थाको ११औँ स्थापना दिवसको अवसरमा शिक्षक सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केसरि प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो भने योगदान पुर्याएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केद्रिय समिति उपाध्यक्ष गुणराज गौतमले शिक्षकहरू सेवा वाट निवृत्त भए पनि अनुभवबाट कहिले पनि निवृत्त नहुने बत्ताउँदै हालसम्मका उपलब्धिहरूको समीक्षा र शिक्षामा योगदान पुर्याउने…
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ईश्वर भण्डारीलाई वाइसिएलद्वारा सम्मान
धादिङ, २४–असार अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको आयोजनामा २०८१ सालको कक्षा १० को एसईई परीक्षामा सहभागी भई ४.० जिपिए ल्याउने गजुरी पीडा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई सम्मान गरिएको छ। गजुरी गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भण्डारीलाई यङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारी र वाइसिएल गजुरी गाउँपालिकाका अध्यक्ष दिवाकर श्रेष्ठले नगद पाँच हजार पाँच सय रुपैयाँसहित सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा वाइसियल नेपालका केन्द्रिय सदस्य अधिकारिले एस्ता सम्मनहरुले हौसला मिल्ने र अझ आफुलाई निखारेर लैजान मद्दत गर्ने बताए । कार्यक्रममा बोल्दै वाइसियल गजुरि गाउँपालिका अध्यक्ष श्रेष्ठले भण्डारीको…
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङ धर्नामा
धादिङ, २२–असार, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ । सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”, जस्ता नारा लगाएका थिए । नेपाल सुनचाँदी कला व्यवसायी…
वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी–७ शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न
धादिङ, २१–असार वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी गाउँपालिका वडा नं ७ स्थित शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, वाईसिएल नेपाल धादिङका अध्यक्ष राजन लम्साल ज्वाला, वाइसियल नेपाल धादिङका सचिव सन्तोष रेग्मी, वाईसियल नेपालका सदस्य सन्तोष अधिकारि, वाईसियल नेपाल गजुरि गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायतका नेता कार्यकर्ता युवा स्वयंसेवक, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। वृक्षरोपणका क्रममा बिभिन्न प्रजातिका फुल तथा फलफुलका बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। वाईसिएल नेपालका प्रतिनिधिहरूले देशभर…
एसईई परिक्षा पछि अबको बाटो कता ?
नेपालमा माध्यमिक शिक्षा (एसइई) परीक्षा एउटा अत्यन्तै महत्त्वपूर्ण मोड हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, भविष्यको शैक्षिक यात्रा सुरु गर्ने प्रवेशद्वार हो। परीक्षा सकेर नतिजा हात परेपछि धेरै विद्यार्थी र अभिभावकको मनमा एउटै प्रश्न उठ्छ – अब के गर्ने एसइईपछि विद्यार्थीले रोज्न सक्ने मुख्य बाटाहरू र सही निर्णय कसरी गर्ने छलफल गरौँ । सामान्य माध्यमिक शिक्षा को विकल्पएसइईपछि अधिकांश विद्यार्थीले प्लस टु मा अध्ययन अगाडि बढाउने गर्छन्। यस अन्तर्गत विभिन्न बाटाहरू छन् । विज्ञानडाक्टर, इन्जिनियर, फार्मासिस्ट, वैज्ञानिक बन्न चाहने बिद्यार्थिहरुले विज्ञान विषय रोज्न सक्दछन् । मुख्य…
नीलकण्ठ–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण
धादिङ, ११–असार दलित समुदायको सीप प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले वडा नं–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण गरिएको छ। नीलकण्ठ नगरपालिकाको विपन्न दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत ज्येष्ठ २८ गते देखि असार ११ गते सम्म सञ्चालन भएको १५ दिने पञ्चेबाजा बजाउने तालिममा सहभागिता युवाहरूलाई तालिम पश्चात् बाजा वितरण गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले पञ्चेबाजा हस्तान्तरण गर्दै दलित युवाहरूको सीप र संस्कृति संरक्षणमा सहयोग पुर्याउने खालका कार्यक्रमहरूमा नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। सिप सिके पछि आत्मनिर्भर बन्ने तथा आफ्नो ठाउँको विकासमा…
