धादिङ, १५ – असार
वाइसियल धादिङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) धादिङ र बेनिघाट रोराङ गाउँ समितिको संयुक्त आयोजनामा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विसालटारमा असार १५ तथा राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइएको छ।
कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज एवम् संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, माओवादी केन्द्रीय सदस्य रामबहादुर भण्डारी, माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष मनराज भण्डारी (सैलेस), नेकपा ( माओवादी केन्द्र) बागमती प्रदेस सदस्य चन्द्र बहादुर सिलवाल (मिलन)बेनिघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक), वाइसियल केन्द्रिय कार्यलय सदस्य नवराज मजकोटि, वाइसियल केन्द्रीय सदस्य सन्तोस अधिकारि वाइसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) उपाध्यक्ष राजन लामा महिला उपाध्यक्ष शान्ति मगर जिल्ला सचिव सन्तोस रेग्मि, वेनिघाट रोराङ गाउँपालिका वाइसियल समिति अध्यक्ष राम शरण बराम, अखिल नेपाल किसान सङ्घ धादिङ अध्यक्ष अर्जुन बहादुर भुजेल सचिव अर्जुन ओझा स्थानीय किसान, युवाहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले परम्परागत तरिकाले खेतमा रोपाइँ गर्दै, धान रोप्ने र हिलो खेल्ने परम्परालाई जीवन्त बनाएका थिए। साथै, लोकगीत, नाचगान तथा किसानका समस्यामाथि छलफलसमेत गरिएको थियो।

कार्यक्रमका क्रममा आयोजकहरूले कृषिलाई मुलुकको आधार मान्दै किसानको जीवनस्तर उकास्न सरकारलाई ठोस कदम चाल्न आग्रह गरे। उनीहरूले कृषि क्षेत्रको विकास बिना देशको समृद्धि सम्भव नहुने उल्लेख गर्दै किसानका माग सम्बोधन गर्न ध्यान दिन सरकारलाई चेतावनीसमेत दिए।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषिप्रति युवाहरूको आकर्षण बढाउनु पर्ने, प्रविधिमैत्री कृषि प्रणाली अपनाउनु पर्ने र भूमिहीन किसानको हकहित सुरक्षित गर्नु पर्ने माग पनि राखिएको थियो।
यसरी हिलोमा रमाउँदै, धान रोप्दै र सांस्कृतिक कार्यक्रममार्फत आफ्नो संस्कृति जगेर्ना गर्दै विसालटारका किसानहरूले राष्ट्रिय धान दिवसलाई एक उत्सवको रूपमा मनाएका थिए।
