गुरु पूर्णिमा तथा नेपाल निवृत्त शिक्षक समाजको ११औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न

धादिङ, २६–असार

नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङको आयोजनामा गुरु पूर्णिमा तथा संस्थाको ११औँ स्थापना दिवसको अवसरमा शिक्षक सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।


कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केसरि प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो भने योगदान पुर्याएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केद्रिय समिति उपाध्यक्ष गुणराज गौतमले शिक्षकहरू सेवा वाट निवृत्त भए पनि अनुभवबाट कहिले पनि निवृत्त नहुने बत्ताउँदै हालसम्मका उपलब्धिहरूको समीक्षा र  शिक्षामा योगदान पुर्याउने शिक्षकहरूलाई सम्मान गर्दै आत्मबल बढाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । 


संस्थाका पदाधिकारीहरू, विशिष्ट अतिथि, समाजसेवी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा गुरु–शिष्य परम्पराको महत्त्व, शिक्षकहरूको भूमिका र शिक्षाको स्तर उकास्नुपर्ने विषयमा चर्चा भएको थियो ।


नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Related posts

Leave a Comment