नेपालमा माध्यमिक शिक्षा (एसइई) परीक्षा एउटा अत्यन्तै महत्त्वपूर्ण मोड हो। यो परीक्षा केवल कक्षा १० को अन्त्य मात्र होइन, भविष्यको शैक्षिक यात्रा सुरु गर्ने प्रवेशद्वार हो। परीक्षा सकेर नतिजा हात परेपछि धेरै विद्यार्थी र अभिभावकको मनमा एउटै प्रश्न उठ्छ – अब के गर्ने एसइईपछि विद्यार्थीले रोज्न सक्ने मुख्य बाटाहरू र सही निर्णय कसरी गर्ने छलफल गरौँ ।
सामान्य माध्यमिक शिक्षा को विकल्प
एसइईपछि अधिकांश विद्यार्थीले प्लस टु मा अध्ययन अगाडि बढाउने गर्छन्। यस अन्तर्गत विभिन्न बाटाहरू छन् ।
विज्ञान
डाक्टर, इन्जिनियर, फार्मासिस्ट, वैज्ञानिक बन्न चाहने बिद्यार्थिहरुले विज्ञान विषय रोज्न सक्दछन् ।
मुख्य विषयहरू Physics, Chemistry, Biology, Mathematics, Computer Science
व्यवस्थापन
यो विषय व्यवसाय, बैङ्किङ, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी जस्ता क्षेत्रमा रुचि हुने विद्यार्थीको लागि सही छनोट हुन सक्दछ ।
मुख्य विषयहरू Accountancy, Economics, Business Studies, Hotel Management
मानविकी र शिक्षा
समाजशास्त्र, पत्रकारिता, शिक्षा शास्त्र, साहित्य, मनोविज्ञानमा रुचि हुने विद्यार्थीको लागि उपयुक्त छनोट हुन सक्दछ ।
प्राविधिक शिक्षा र अन्य तालिमहरू
एसइईपछि सीटीईभीटी अन्तर्गत प्राविधिक तथा व्यावसायिक तालिमहरू लिएर दक्ष बन्न तथा स्वरोजगार बन्ने बाटो पनि एस ई ई पछि खुल्ला भएको छ ।
यस अन्तर्गत Staff Nurse, Lab Technician Diploma in Civil, Electrical, Computer Engineering Agriculture, Veterinary, Hotel Management
अबको बाटो कता तर्फ निर्णय गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू जस्तै रुचि, क्षमता, भविष्य योजना, आर्थिक अवस्था आदिलाई ध्यानमा राखी उपयुक्त विकल्प रोज्नु राम्रो हुन्छ ।
एसइई परीक्षा अन्त होइन, नयाँ सुरुवात हो, तपाईँको भविष्य तपाईँको निर्णयमा आधारित हुन्छ।
सही समयमा सही निर्णय लिन सक्नुभयो भने, तपाईँको लक्ष्यसम्म पुग्न अवश्य सक्नुहुन्छ। आफ्नो रुचि र क्षमतालाई ध्यानमा राख्दै, यो समयलाई अवसरको रूपमा प्रयोग गर्नुहोस् । यदि तपाईँ आफ्नो रुचि, नतिजा र लक्ष्य अनुसार कुन बाटो रोज्ने भन्नेमा अन्योलमा हुनुहुन्छ भने, खुला रूपमा शिक्षक, काउन्सेलर वा मसँग सल्लाह लिन सक्नुहुन्छ।
तपाईँको भविष्य उज्यालो होस् भन्ने शुभकामना
