टिआरसी प्रक्रिया सकारात्मक – माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले टिआरसीसम्बन्धी प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको पाएको बताएको छ। सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै माओवादी उपमहासचिव वर्षमान पुनले यस्तो प्रतिक्रिया दिनुभएको हो । छलफलमा प्रचण्ड र ओलीसँगै पुन र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो । ‘यो प्रक्रिया सकारात्मक रूपले अघि बढिरहेको हामीले पायौँ। खासगरी यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी गराउनुभयो,’ पुनले भन्नुभयो ।

रास्वपा खोटेहाङका सभापति माओवादी केन्द्रमा प्रवेश

रास्वपा खोटेहाङका सभापति प्रदीप आचार्यसहितका नेताहरु बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी खोटेहाङका अध्यक्ष दीपेन थुलुङका अनुसार खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा एमालेबाट निर्वाचित वडा सदस्य किरण राईलगायत ३० जना पनि माओवादीमा समाहित भएका छन् । प्रदीप आचार्य पनि एमालेबाटै खोटेहाङ गाउँपालिका–४ वडकादियालेका वडा सदस्यमा निर्वाचित भएका थिए । केही महिनाअघि मात्र रास्वपा सभापति भएका थिए । त्यस्तै एमाले खोटेहाङ सचिवालय सदस्य प्रकाश कटुवाल, रास्वपा बडकादियाले सभापति रमेश सुवेदी, एमाले वडा उपाध्यक्ष डम्बरबहादुर कार्की लगायत माओवादीमा समाहित भएको थुलुङले बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज…

फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने प्रचण्डको भनाई

धादिङ बैशाख १८नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउनुहुँदै उहाँले अहिले सरकारमा जाने कुनै रुची नभएको समेत बताउनुभयो । ‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भन्नुभएको छ , ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’ आन्दोलनद्वारा तमाम समस्याको…

नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी

धादिङ, वैशाख– १७ नेपाल शिक्षक महासंघका प्रतिनिधि मण्डल र सरकारबीच सिंहदरबारमा वार्ता जारी छ । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भइरहेको हो । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति जुटाउने प्रयासस्वरूप छलफल भइरहेकाले आजै सहमति हुन सक्ने सम्भावना रहेको जनाइएको छ । शिक्षक महासंघका नेताहरूका अनुसार हिजो रातिको वार्ता सकारात्मक भएको थियो र त्यसैलाई आधार बनाएर आजको वार्तामा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुरमा

धादिङ, वैशाख– १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको मधेश जागरण अभियानका क्रममा कञ्चनपुर पुग्नुभएको छ । त्यसक्रममा उहाँले जिल्लाको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नूभएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो। भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उहाँले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नुका साथै सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्‍याउनु भयो । त्यसअघि आजै बिहान पुनर्वासमा जनयुद्धका…

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

धादिङ, वैशाख– १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ पर्नु भएको छ । जनमत पार्टीसँग एकता घोषणा गर्न लागिएको कार्यक्रम स्थलबाटै उहाँलाई प्रहरीले पक्राउ गरेको नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारि दिनुभयो। चौधरी पाक्राउ पर्नुको स्पष्ट कारण खुलेको छैन। तर जनमत अध्यक्ष डा. सिके राउतका अनुसार उहाँलाई पुरानो फैसला कार्यान्वयनका लागि भन्दै प्रहरीले पक्राउ गरेकोहो। टिकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ मा रिहा हुनुभएको थियो। राउतले ​डिल्ली बजार जेल पठाएको खबरसमेत प्राप्त भएको सामाजिक संजालमार्फत उल्लेख गर्नुभएको छ। आज नै राउत नेतृत्वको…

वाइसियल धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न

धादिङ १५ बैशाखनेकपा माओवादी केन्द्र निकट सङ्गठन योङ कम्युनिस्ट लिग धादिको तेस्रो नीलकण्ठ नगर सम्मेलन सम्पन्न भएको छ । कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा वाईसिएल बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान)को प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्प विक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । त्यसै गरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दल बहादुर बुर्लाकोटी (विजय), पार्टीको जिल्ला संयोजक मनराज भण्डारी (शैलेस), बागमती प्रदेश सचिवालय सदस्य एवम् नीलकण्ठ नगरपालिका उपप्रमुख…

अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको क्यालेन्डर विमोचन

धादिङ १३ बैशाख अनेरास्ववियु अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति धादिङको भित्ते पात्रो विमोचन तथा स्ववियु विजेताहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै नव वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्नुका साथै स्ववियु निर्वाचनमा विजेता भएका धादिङका विभिन्न क्याम्पसको पदाधिकारीहरुलाई सम्मान गरेको हो । अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष विजय प्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका निवर्तमान…

आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्तामा

आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्ता गर्न पुगेका छन्। आज बिहान सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन बनेपछि शिक्षकहरु नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्। कांग्रेसका अन्य नेताहरुसमेत रहेको उक्त छलफलमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरू पुगेका थिए। सुवेदी कांग्रेसनिकट नेपाल शिक्षक संघबाट टिकट पाएर नेपाल शिक्षक महासंघमा निर्वाचित हुनुभएको हो । विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर लामो समय आन्दोलित बनेको सहमतिको वातावरण बनाउन सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मेवारि दिनुभएको थियो । महासंघका प्रतिनिधिहरुले यस…

प्रधानमन्त्री ओली र मोदी बिच टेलिफोन वार्ता 

धादिङ, वैशाख– १०  प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ । छलफलका क्रममा उहाँले हमलामा ज्यान गुमाएका प्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य घटनाविरुद्ध नेपालको ऐक्यबद्धता व्यक्त गर्नु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले हमलाको जिम्मेवारी लिएको छ । यो हमला पछिल्ला वर्षहरूमा नागरिकमाथिको सबैभन्दा ठूलो आक्रमण मानिएको छ । प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण बिच भारत फर्किएर आक्रमणलाई आतङ्कवादी हमला भन्नु भएको छ र दोषीलाई कारबाहीको चेतावनी समेत दिनुभएको छ । हमलापछि दिल्ली, मुम्बईसहित…