आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्तामा

आन्दोलनरत शिक्षकहरु नेपाली कांग्रेससँग वार्ता गर्न पुगेका छन्। आज बिहान सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन बनेपछि शिक्षकहरु नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका हुन्।

कांग्रेसका अन्य नेताहरुसमेत रहेको उक्त छलफलमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरू पुगेका थिए। सुवेदी कांग्रेसनिकट नेपाल शिक्षक संघबाट टिकट पाएर नेपाल शिक्षक महासंघमा निर्वाचित हुनुभएको हो ।

विद्यालय शिक्षा ऐनसहित विभिन्न माग राखेर लामो समय आन्दोलित बनेको सहमतिको वातावरण बनाउन सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वय थापा र शर्मालाई जिम्मेवारि दिनुभएको थियो । महासंघका प्रतिनिधिहरुले यस अगाडि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलगायतसँग पनि यस अगाडि छलफल गरेका थिए।

आज बिहान शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले लगायतका उच्च अधिकारी सहभागी थिए।

Related posts

Leave a Comment