धादिङ,बैशाख—१०शिक्षक महासंघको दबाबपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आगामी बिहीबारबाट हुने परीक्षा अब वैशाख २१ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । मंगलबार बिहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेर तोकिएकै दिन परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो । शिक्षक महासंघले परीक्षा बहिष्कारको निर्णय लिएको थियो । शिक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डलाई परीक्षा सार्न निर्देशन दिनुभएको थियो । बोर्डको निर्णयपछि अधिकारीहरू दिनभर छलफलमा थिए । बोर्डका अध्यक्ष शर्मासहितको टोली…
Category: राजनीति
Politics
राप्रपा को प्रदर्शनमा पक्राउ परेकाहरुलाई प्रहरीले छोड्यो
धादिङ बैशाख-७राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार प्रदर्शनमा पक्राउ परेकाहरुलाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताउनुभयो । छुट्नेहरुमा राप्रपा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल रहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोडेर सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
राप्रपा का अध्यक्षसहित तीन जना नेता सिंहदरबाट पक्राउ
धादिङ बैशाख-७ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । निशेधित क्षेत्र सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको छ ।
नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न
धादिङ वैशाख-४नेवाःराष्ट्रिय मुक्ति मोर्चा नेपाल धादिङको जिल्ला भेला सम्पन्न भएको छ। बिहीबार धादिङ बेसीमा सम्पन्न भेलाले नेमबहादुर श्रेष्ठको अध्यक्षतामा १६ सदस्य कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ र शुक्रकुमार श्रेष्ठ, सचिवमा नवराज श्रेष्ठ (चट्टान) चयन हुनुभएको छ । शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संविधानसभा सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अप्सरा सिम्खडा, बागमती प्रदेश सह—सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र जिल्ला कमिटी सल्लाहकार केशरी प्रसाद पन्त नीलकण्ठ नगर कमिटी अध्यक्ष अमृत तामाङ लगायतको उपस्थिति रहेको थियो ।
जुलियन किर्पाललाई देश निकाला
धादिङ, वैशाख-१ राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई सरकारले देश निकाला गरेको छ । गृह मन्त्रालयले किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउँदै तत्काल डीपोर्ट गर्ने निर्णय गरेको हो। उनलाई मंगलबार (भोलि) सम्ममा स्वदेश पठाउने तयारी रहेको अध्यागमन विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिनुभयो। विदेशी नागरिक भएर पनि नेपालको राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएकाले प्रतिबन्धसहित देश निकाला गरेको ढकालको भनाइ छ । ‘उहाँले पनि आफ्नो देश जाने रुची राख्नु भयो, पर्यटन भिषामा आउनु भएको रहेछ, पर्यटकीय कार्यभन्दा बाह्रय गतिविधि गरेको देखियो, त्यही कारण उहाँलाई…
भारतमा समातिएका कमाण्डर प्रसाईंलाई काठमाण्डौ ल्याईँदै
धादिङ चैत्र २९भारतमा समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डौ ल्याउँदैछ । यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो । प्रसाईंलाई काठमाण्डौ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा…
नेपाल शिक्षक महासंघ सरकारसंग वार्ताको लागि तयार
नेपाल शिक्षक महासंघ सरकारसंग वार्तामा सहभागी हुन तयार भएको छ । सरकारले पठाएको वार्ता प्रस्तावपछि महासंघ बिहीबारको बैठकमा सहभागी हुने भएको हो । महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति गठन गर्ने, सहभागी हुने व्यक्तिको टुंगो लगाउनेलगायत विषयमा रणनीति बनाउन आन्तरिक बैठक जारी छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले महासंघ गम्भीर छलफलमा रहेको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले बिहीबार वार्तामा बस्ने जानकारी दिएको पुष्टि गरेका छन्। महासंघले चैत २० गतेदेखि काठमाडौंमा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको…
घुसपैठ भएको भन्दै पक्राउ
धादिङ, चैत्र-२६ काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गरेको खबरदारीमा घुसपैठ भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुबीभ्याली–४ घर भएका कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली नगरपालिका–४ घर भएका बल्खु बस्ने १८ वर्षीय सुवास खड्का, दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली र नवलपुरको हर्कपुर–४ घर भएका कीर्तिपुर बस्ने २७ वर्षीय रन्जित क्षेत्री रहेका छन् । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि…
राप्रपालाई बालेन शाह को धन्यवाद
काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिनुभएको छ । उहाँले कसैले फोहोर गर्छन् र जरिबाना तिराउँला भनेर महानगर नबसेको भन्दै मेयर शाहले धन्यवाद भन्नुभएको हो । ‘कसैले फोहोर गर्छन् र जरिबाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ। राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ,’ मेयर शाहले फेसबुकमा लेख्नु भएको छ । यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहलाई हिरो भएर पत्र नकाट्न सुझाव दिनुभएको थियो । महानगरले यसअघि पनि राप्रपालाई…
राप्रपा को सभा बल्खु मा
धादिङ, २५-चैत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते भोलिको सभा बल्खुमा गर्ने भएको छ। राप्रपाले सभाका लागि भृकुटीमण्डप रोजे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा सभा गर्न अनुमति दिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपमा सभा नगरी बल्खु वा सिफल चौरमा गर्न अनुमति दिने निर्णय गरेपछि यसबारे काठमाडौँ प्रशासनले राप्रपालाई जानकारी गराएको थियो। बल्खु र सिफल चौर मध्धे राप्रपाले बल्खु रोजेको हो। उक्त सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाले जानकारी दिएको छ। राजसंस्था स्थापनाका लागि स्थापित जनआन्दोलन परिचालन कमिटीले पनि राप्रपाको सभाप्रति ऐक्यबद्धता जनाएको छ।…
