फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने प्रचण्डको भनाई

धादिङ बैशाख १८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउनुहुँदै उहाँले अहिले सरकारमा जाने कुनै रुची नभएको समेत बताउनुभयो ।

‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भन्नुभएको छ , ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’

आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ,’ प्रचण्डले भन्नुभयो ।

साथै, उहाँले सरकारमा भएका व्यक्तीले दमन गर्न खोजे त्यो सम्भावना नहुने जिकिर गर्नुभयो ।

‘त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ । यदी राज्य र सरकारमा हुनेले बल प्रयोग गरेर दमन गर्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि रोक्न सक्ने छैन,’ प्रचण्डले भन्नुभएको छ ।फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने प्रचण्डको भनाई

धादिङ बैशाख-१८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
छिट्टै ठूलो आन्दोलनमा जानुपर्ने बताउनुहुँदै उहाँले अहिले सरकारमा जाने कुनै रुची नभएको समेत बताउनुभयो ।

‘तपाईंहरू अब राम्रो तयारीमा जानुस् । छिट्टै हामी ठूलै आन्दोलनमा जानुपर्ने छ,’ प्रचण्डले भन्नुभएको छ , ‘हामी यथास्थितिवादी पार्टीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । जनतासँगै ठिक छौं । हाम्रै वर्गसँग ठिक छौं ।’

आन्दोलनद्वारा तमाम समस्याको समाधान गर्न आफूहरू तयार अवस्थामा बस्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

‘एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने, हिजोको पीएलएका सबै कमाण्डर र योद्धा साथिसँग, घाइते अपांगसँग, जेलनेल यातना भोगेकासँग, ०६४ मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि नयाँ क्रान्तिको तयारी हामीले गर्नैपर्छ,’ प्रचण्डले भन्नुभयो ।

साथै, उहाँले सरकारमा भएका व्यक्तीले दमन गर्न खोजे त्यो सम्भावना नहुने जिकिर गर्नुभयो ।

‘त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ । यदी राज्य र सरकारमा हुनेले बल प्रयोग गरेर दमन गर्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै तागतले रोक्न सकेको छैन । नेपालमा पनि रोक्न सक्ने छैन,’ प्रचण्डले भन्नुभएको छ ।

Related posts

Leave a Comment