धादिङ, वैशाख– १०
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्नुभएको छ ।
छलफलका क्रममा उहाँले हमलामा ज्यान गुमाएका प्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य घटनाविरुद्ध नेपालको ऐक्यबद्धता व्यक्त गर्नु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले हमलाको जिम्मेवारी लिएको छ । यो हमला पछिल्ला वर्षहरूमा नागरिकमाथिको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।
प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमण बिच भारत फर्किएर आक्रमणलाई आतङ्कवादी हमला भन्नु भएको छ र दोषीलाई कारबाहीको चेतावनी समेत दिनुभएको छ । हमलापछि दिल्ली, मुम्बईसहित भारतभर उच्च सतर्कता अपनाइएको छ ।
