नीलकण्ठ नगरपालिका को १७ औं नगरसभा सम्पन्न, युवा, शिक्षा, कृषि मा जोड

धादिङ ६ असारनगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपप्रमुख दिपक विश्वकर्माले आगामी वर्षका लागि कुल रू. एक अर्ब बाइस करोड त्रियानब्बे लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त बजेट नगरपालिकाको समग्र सामाजिक, भौतिक, आर्थिक र संस्थागत विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ । उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन…

नेकपा (माओवादी केन्द्र) नीलकण्ठले नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझायो

धादिङ, ३–असार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले नीलकण्ठ नगरपालिकाको नगर शिक्षा ऐन र विभिन्न बुँदाहरूको संशोधन गर्ने माग राख्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ। पार्टीका नीलकण्ठ नगर समिति अध्यक्ष अमृत तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारी, निवर्तमान नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर सचिव हरिकृष्ण लम्साल, वाईसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, वाइसियल नगर समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलले मङ्गलवार नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई नगर कार्यपालिकाको कार्यालयमा भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन। पत्रमा नगरपालिका…

पाठकलाई तत्काल पक्रउ नगर्नु–उच्च अदालत पाटन

धादिङ, २–असार,उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्रउ नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ुपाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । कानुनबमोजिमबाहेक धरपकड नगर्नू र नगराउनू भन्ने आदेश भएको छ । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले…

वाई.सि.एल नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न

धादिङ, जेष्ठ-३० नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाई.सि.एल) नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार वाई.सि.एल नगर अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि भण्डारीले कार्यक्रममा वाई.सि.एल युवाहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको सक्रियता अत्यन्तै आवश्यक रहेको र पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक धार सुदृढ बनाउन वाई.सि.एल ले…

जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समावेश

धादिङ, जेष्ठ–२८ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा प्रवेश) गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा…

वाईसीएलको केन्द्रीय सदस्यमा धादिङका नवराज मजकोटि

धादिङ, २५– जेष्ठ नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् ।  वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् ।   साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित…

रुवीभ्याली गाउँपालिकाको दूईदिने शैक्षिक सम्मेलन सम्पन्न

धादिङ, २५–जेष्ठ उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो। सम्मेलनबाट बिभिन्न सरोकारवाला पक्षबाट ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ। सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले बताउनुभयो । समग्र शैक्षिक गुणस्तर…

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न

धादिङ १५ जेठधादिङबेसीमा गणतन्त्र स्थापना भएको गौरवपूर्ण दिनको सम्झनामा आज प्रभातफेरी तथा मूल समारोह कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो । जिल्ला समन्वय समिति र गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संयोजनमा  प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गणतन्त्रले आफुहरुलाई अधिकार मात्र नभई जिम्मेवारी पनि दिएको र अबको अभियान विकास, सुशासन र समावेशितालाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो । यस्तै जिल्ला…

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै पौडेल १८ औँ गभर्नर बन्नु भएको हो । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । आज बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई सुरु

धादिङ, वैशाख–६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिए ।