नरसंहार पछि लेखकको राजीनामा 

धादिङ, २३–भदौ गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु लेखकले बताए ।कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि राजीनामा दिन्छु भन्दै गृहमन्त्री लेखक बालुवाटार हिंडेका थिए।

सरकार कुन नैतिकताले अझै कुर्सिमा ?

धादिङ,२३–भदौ देशभरको राजनीतिक र सामाजिक अवस्था हेर्दा यो प्रश्न स्वाभाविक रूपमा उठ्छ—सरकार कुन नैतिकताले अझै पनि सत्तामा बसिरहेको छ ? जनताको जीवन सहज बनाउनुपर्ने, स्थिरता र सुरक्षाको ग्यारेन्टी दिनुपर्ने जिम्मेवारी बोकेको सरकारले उल्टै जनताकै जीवन संकटमा पार्ने अवस्था सिर्जना गरेको छ। आज देशभर जेन जी आन्दोलनको आगो भडकिरहेको छ। आन्दोलन शान्तिपूर्ण हुनुपर्ने हो तर असन्तुष्ट जनताले सडक तताउँदा सरकारले अपनाएको कठोर कदम र बल प्रयोगका कारण २० जनाले ज्यान गुमाइसकेका छन्। यस्तो बेला जनताको पीडा बुझ्ने, वार्ता र संवादमार्फत समस्या समाधान गर्नुको सट्टा सत्ता टिकाइराख्ने खेल चलिरहेको देखिन्छ। नैतिकताको कुरा…

जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २०पुग्यो

धादिङ,२३–भदौ देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।   काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।   जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।   जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।   जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये…

वाइसियल नेपाल बेनिघाट रोराङ गाउँपालिकाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, ८ –भदौ, योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपाल बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ मलेखु ताल्ति सडक खण्डमा सयौँ बिरुवा रोपिएको वाइसियल बेनिघाटले जनाएको छ। कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने रहेको वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष राम सरण बरामले बताए। उनले यस्तो अभियानले गाउँपालिकालाई हराभरा बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै वाइसियल नेपालका जिल्ला इन्चार्ज सन्तोष अधिकारिले वाइसियल नेपाल जनताको भएको र जनताको हितको लागि सदैव लागि पर्ने समेत बताए । बेनिघाट…

सन्तोष अधिकारी वाइसियल धादिङको इन्चार्ज चयन

धादिङ,८–श्रावण युवा कम्युनिस्ट लिग (वाइसियल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीलाई वाइसियल धादिङको इन्चार्जको जिम्मेवारी दिइएको छ । संगठनको निर्णयअनुसार अधिकारीलाई संगठन विस्तार, सुदृढीकरण र श्रम–उत्पादन अभियानलाई तिव्रता दिने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो । धादिङमा सक्रिय रूपमा संगठनात्मक अभियानमा क्रियाशील रहेका अधिकारीले जिल्ला भित्रका सबै गाउँ र नगर कमिटीहरूसँग समन्वय गर्दै वाइसियलको गतिविधिलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वाइसियलको नेतृत्वले अधिकारीप्रति विश्वास व्यक्त गर्दै संगठनलाई थप गतिशील बनाउन उनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ ।

YCL नेपाल धादिङको ’श्रम तथा उत्पादनमा अभियान’ अन्तर्गतको उत्पादनमुखि श्रमदान कार्यक्रम सम्पन्न

धादिङ १–साउन योङ्ग कम्युनिस्ट लिग, नेपाल धादिङले ’श्रम तथा उत्पादनमा अभियान’ अन्तर्गत उत्पादनमुखि श्रमदान कार्यक्रम सम्पन्न गरेको छ । अवको क्रान्ति उत्पादन र श्रमबाट गरिनुपर्ने भन्दै युवालाई यस अभियानतर्फ आकर्षित गराउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारी, वाईसीएल केन्द्रिय सदस्य सन्तोष अधिकारी, वाईसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल, माओवादी केन्द्र धादिङका सदस्य विनोदबाबु रिमाल, नीलकण्ठ नगर अध्यक्ष अमृत तामाङ, तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको विशेष उपस्थिति तथा सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी अतिथिहरूले युवाहरूले पुस्तौंदेखि गर्दै आएको…

वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री जमकट्टेलद्वारा सहिद तथा बेपत्ता स्मृति प्रतीक्षालय तथा चौताराको उद्घाटन

धादिङ, १–साउन वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले धादिङको धुनिवेसि नगरपालिका वडा नम्बर ५पुरानो धार्केमा निर्माण गरिएको सहिद तथा बेपत्ता स्मृति प्रतीक्षालयको उद्घाटन गरेका छन् । सशस्त्र द्वन्द्वकालीन सहिद तथा बेपत्ता व्यक्तिहरूको सम्झनामा निर्माण गरिएको उक्त स्मारकले इतिहास सम्झाउने तथा नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखिएको प्रतीक्षालय तथा चौतारा निर्माण समितिका अध्यक्ष दिपक सुवालले जानकारी दिएका छन् । उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री सालिकराम जमकट्टेलले गणतन्त्र तथा सङ्घीयता स्थापनाका लागि आफ्नो जीवनको बलिदान गर्ने सहिदहरू तथा बेपत्ता जनताको सम्झना र सम्मानको लागि यस्ता सार्वजनिक…

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ईश्वर भण्डारीलाई वाइसिएलद्वारा सम्मान

धादिङ, २४–असार अखिल (क्रान्तिकारी) गजुरी गाउँपालिकाको आयोजनामा २०८१ सालको कक्षा १० को एसईई परीक्षामा सहभागी भई ४.० जिपिए ल्याउने गजुरी पीडा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारीलाई सम्मान गरिएको छ। गजुरी गाउँपालिका भित्रकै उत्कृष्ट नतिजा ल्याउन सफल भण्डारीलाई यङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारी र वाइसिएल गजुरी गाउँपालिकाका अध्यक्ष दिवाकर श्रेष्ठले नगद पाँच हजार पाँच सय रुपैयाँसहित सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा वाइसियल नेपालका केन्द्रिय सदस्य अधिकारिले एस्ता सम्मनहरुले हौसला मिल्ने र अझ आफुलाई निखारेर लैजान मद्दत गर्ने बताए । कार्यक्रममा बोल्दै वाइसियल गजुरि गाउँपालिका अध्यक्ष श्रेष्ठले भण्डारीको…

वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी–७ शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, २१–असार वाईसिएल नेपाल गजुरीको आयोजनामा गजुरी गाउँपालिका वडा नं ७ स्थित शहीद शान्ति पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, वाईसिएल नेपाल धादिङका अध्यक्ष राजन लम्साल ज्वाला, वाइसियल नेपाल धादिङका सचिव सन्तोष रेग्मी, वाईसियल नेपालका सदस्य सन्तोष अधिकारि, वाईसियल नेपाल गजुरि गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठ लगायतका नेता कार्यकर्ता युवा स्वयंसेवक, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो। वृक्षरोपणका क्रममा बिभिन्न प्रजातिका फुल तथा फलफुलका बिरुवा रोपिएको आयोजकले जानकारी दिएको छ। वाईसिएल नेपालका प्रतिनिधिहरूले देशभर…

अमेरिका र इरानबीच बढ्दो तनाव

धादिङ, ९–असार अमेरिका र इरानबीच बढ्दो तनाव अन्ततः खुला युद्धमा परिणत भएको छ। पछिल्ला केही हप्तादेखि भइरहेको सैन्य र कूटनीतिक तनावले आज निर्णायक मोड लिएको हो, जब अमेरिकी सेनाले इरानको एक प्रमुख सैन्य आधारमा हवाई आक्रमण गर्‍यो। इरानले तत्काल जवाफी कारबाही गर्दै अमेरिकी सैन्य प्रतिष्ठानहरूमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो सुरक्षामा आँच आउने कुनै पनि प्रयासको जवाफ दिन पछि हट्दैनौं।’ इरानी सर्वोच्च नेता आयतोल्ला अली खामेनीले भने, ‘यो आक्रमण इरानको स्वाभिमानमाथि धावा हो। हामी यसमा…