धादिङ, वैशाख–६,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिए ।
