वाइसियल नेपाल बेनिघाट रोराङ गाउँपालिकाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, ८ –भदौ,
योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपाल बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ मलेखु ताल्ति सडक खण्डमा सयौँ बिरुवा रोपिएको वाइसियल बेनिघाटले जनाएको छ।

कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने रहेको वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष राम सरण बरामले बताए। उनले यस्तो अभियानले गाउँपालिकालाई हराभरा बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै वाइसियल नेपालका जिल्ला इन्चार्ज सन्तोष अधिकारिले वाइसियल नेपाल जनताको भएको र जनताको हितको लागि सदैव लागि पर्ने समेत बताए ।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया बिबेक, नेकपा (माओवादि केन्द्र) बेनिघाट रोराङ गाउँपालिकाका इन्चार्ज चन्द्र बहादुर सिलवाल, नेकपा (माओवादि केन्द्र) बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष खेमराज भुजेल, वाइसियल जिल्ला इन्चार्ज सन्तोष अधिकारि, वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष रामसरण बराम, वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका सचिव रोसिक सिलवाल, लगायत स्थानिय बासिन्दा, युवाहरू र समाजसेवीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रमले सामुदायिक स्तरमा वातावरण संरक्षणप्रति जागरुकता फैलाएको वाइसियलको भनाइ छ।

Related posts

Leave a Comment