धादिङ,८–श्रावण
युवा कम्युनिस्ट लिग (वाइसियल) नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीलाई वाइसियल धादिङको इन्चार्जको जिम्मेवारी दिइएको छ । संगठनको निर्णयअनुसार अधिकारीलाई संगठन विस्तार, सुदृढीकरण र श्रम–उत्पादन अभियानलाई तिव्रता दिने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
धादिङमा सक्रिय रूपमा संगठनात्मक अभियानमा क्रियाशील रहेका अधिकारीले जिल्ला भित्रका सबै गाउँ र नगर कमिटीहरूसँग समन्वय गर्दै वाइसियलको गतिविधिलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वाइसियलको नेतृत्वले अधिकारीप्रति विश्वास व्यक्त गर्दै संगठनलाई थप गतिशील बनाउन उनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ ।
