धादिङ, ७ पुष नेपालको संविधान २०७२ को धारा ३१ ले नागरिकलाई शिक्षाको मौलिक हक दिएको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले विद्यालय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै निलकण्ठ नगरपालिकाले सोही संवैधानिक र कानुनी अधिकार प्रयोग गरेर सार्वजनिक शिक्षालाई निःशुल्क बनाएको उप–प्रमुख दिपक विश्वकर्माले बताए। निलकण्ठ नगरपालिका, धादिङले नगरभित्र रहेका ८३ वटा सामुदायिक विद्यालयमा विगत दुई वर्षदेखि विद्यालय शिक्षा पूर्ण रूपमा निःशुल्क, परीक्षा शुल्कसमेत नलिने व्यवस्था लागू गर्दै आएको छ। नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी वार्षिक ५ हजार रुपैयाँ र कक्षा ११ र…
Category: राजनीति
Politics
संक्रमणकालमै अल्झिएको नेपाली राजनीति
नेपालको वर्तमान राजनीति स्थायित्वभन्दा बढी संक्रमणको अवस्थामा देखिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक बितिसक्दा पनि राजनीतिक प्रणालीले अपेक्षित स्थिरता र जनविश्वास हासिल गर्न सकेको छैन। सरकार निर्माण र विघटनको क्रम दोहोरिरहँदा आम नागरिकमा राजनीतिक नेतृत्वप्रति निराशा बढ्दो छ। हालको राजनीतिक परिदृश्य गठबन्धनको वरिपरि केन्द्रित छ। एउटै दलले स्पष्ट बहुमत ल्याउन नसक्ने अवस्थाले सत्ता सहकार्यलाई अपरिहार्य बनाएको छ। तर गठबन्धनहरू विचार र सिद्धान्तभन्दा सत्ता समीकरणमा आधारित हुँदा सरकारहरू दीर्घकालीन नीति निर्माणमा कमजोर देखिन्छन्। यसले विकास, सुशासन र आर्थिक सुधारजस्ता विषयहरू ओझेलमा परिरहेका छन्। भ्रष्टाचार, ढिलासुस्ती र जवाफदेहिताको कमी अहिलेको राजनीतिका…
बालेन शाहः पतन भएको फरिश्ता कि चेतना फैलाउने “प्रकाश”
डा. निकोलस भुसालले काठमाडौँका मेयर बालेन शाहलाई “लुसिफर” भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यो प्रश्न अल्झिएको छ । बाइबलको अनुसार लुसिफर पतन भएको फरिश्ता हो, तर लाटिनमा यसको अर्थ फेरि “प्रकाश ल्याउने” पनि हुन्छ । डा। भुसालका अनुसार, बालेन सहर व्यवस्थापनमा कठोर, नियम तोड्ने र परम्परागत राजनीतिक प्रणालीसँग जुध्ने शैलीका पात्र हुन् — उनी “पतन भएको फरिश्ता” जस्तो देखिन्छन् । तर समर्थकहरू भने बालेन भ्रष्ट राजनीतिक अन्धकार तोड्ने, सत्य बोल्ने र जनचेतना फैलाउने “प्रकाश” हुन् भनेर विश्वास गर्छन् । यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र होइनस यो नेपालको नयाँ…
केपी ओली र रमेश लेखक सँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी लाई विदेश जान रोक।
धादिङ, १२–असोज निवर्तमान प्रधानमन्त्री केपी ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ। २३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालको हकमा पनि यस्तै निर्णय भएको छ। २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनमा तानिएका हुन्।
जेन्जीको आन्दोलन र शून्य उपलब्धि
नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा पछिल्लो समय जेन्जी पुस्ताले गरेको आन्दोलन विशेष चासोको विषय बनेको छ। निराशा, असन्तोष र भविष्यप्रतिको आशङ्का बोकेर सडकमा उत्रिएका युवा पुस्ताले आफ्ना मागहरू बलिदानी सहित पेस गरे पनि परिणाम भने खासै प्राप्त भएको देखिँदैन। युवाहरूको आन्दोलनको पृष्ठभूमि हेर्दा, उनीहरूले रोजगारीको कमी, भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य सेवामा असमानता, र राज्यप्रतिको सर्वसाधारणको विश्वास सङ्कटलाई मुख्य मुद्दा बनाए। प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनमा होमिएको जेन्जीको माग थियो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद् मन्त्री बन्न नपाउने नियमको व्यवस्था । तर यी माग अब सायद पुरा नहुने पक्का भएको…
महावीर पुनले ह्वाट्सएप च्यानल मार्फत सल्लाह लिने
धादिङ,०९–असोज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ह्वाट्सएप च्यानल सञ्चालनमा ल्याएका छन् । बिहीबारदेखि सुरु गरिएको यो च्यानलमार्फत मन्त्री पुनले जनताबाट सल्लाह र सुझाव संकलन गर्ने उद्देश्य राखेका छन् । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका पुनले निरन्तर नयाँ पहल गर्दै आएका छन् । उनको इच्छाअनुसार केशरमहलस्थित मन्त्रालय परिसरमै बस्ने व्यवस्था समेत मिलाइएको छ ।
यो सरकार निर्वाचनको लागि हो, संविधान संशोधन नयाँ बन्ने सरकारले गर्छ– प्रधानमन्त्री कार्की
धादिङ,०९–असोज प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उक्त एजेन्डा आगामी २१ फागुनमा हुने नयाँ निर्वाचनपछि हुने स्पष्ट पारेकी छन् । राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि संविधान संशोधन सोही सरकारले गर्ने दाबी गरिन् । उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।
The Rise of Balen and the New Rule of Politics
Dhading, 30 Bhadau When Balendra Shah, popularly known as Balen, became the Mayor of Kathmandu Metropolitan City, many saw it as the rise of a new political force in Nepal. A rapper-turned-structural engineer-turned-mayor, his journey itself was unusual and refreshing for a nation exhausted by traditional politics. His tenure has sparked both admiration and criticism, shaping what people now call “Balen: The Rule.” Balen’s rise was historic because he was an independent candidate, untied to the messy alliances of mainstream parties. His victory showed the frustration of urban youth and…
माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कारबाही गर्ने
नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर तथ्य र प्रमाण फेला परे कारबाही गर्न सरकारलाई सुझाव पनि दिएको छ। हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन्। त्यो तथ्य जनतासामु प्रष्ट छ। यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं,…
ज्वालामुखि गाउँपालिकाका अध्यक्ष दनै चढ्ने गाडीमा आगजनी
ज्वालामुखि गाउँपालिकाका अध्यक्ष यमनाथ दनै चढ्ने रातो प्राडो गाडीमा आगजनी भएको छ । ज्वालामुखि गाउँपालिका कार्यालय भन्दा करिव १ किलो मिटर टाढा लगी गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ ।आगो कसले र किन लगायो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता शुभाष हमालले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने आगलागीबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
