यो सरकार निर्वाचनको लागि हो, संविधान संशोधन नयाँ बन्ने सरकारले गर्छ– प्रधानमन्त्री कार्की

धादिङ,०९–असोज

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा संविधान संशोधनको माग उठेको कुरातर्फ संकेत गर्दै उक्त एजेन्डा आगामी २१ फागुनमा हुने नयाँ निर्वाचनपछि हुने स्पष्ट पारेकी छन् ।

राष्ट्रको नाममा बिहीबार पहिलो सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि संविधान संशोधन सोही सरकारले गर्ने दाबी गरिन् । उनले अहिले प्रतिनिधिसभाको निर्वाचन हुने अनि उक्त निर्वाचनपछि बन्ने सरकारले प्रत्यक्ष कार्यकारीको लागि संविधान संशोधन गर्न सक्ने बताएकी हुन् ।

Related posts

Leave a Comment