माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कारबाही गर्ने

नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता–कार्यकर्ता संलग्न भेटिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर तथ्य र प्रमाण फेला परे कारबाही गर्न सरकारलाई सुझाव पनि दिएको छ।

हाम्रो पार्टीको कार्यालयहरू, अध्यक्ष क. प्रचण्डलगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड गर्ने कार्य भएका छन्। त्यो तथ्य जनतासामु प्रष्ट छ। यही उल्लेखित गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं। तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ।

उनले जेनजी पुस्ताले उठाएका मागहरूसम्बन्धी हाम्रो पार्टीको नीति तथा धारणा अध्यक्ष प्रचण्डले स्पष्ट पारिसकेको बताउँदै आन्दोलन भित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्वहरू घुसेर विध्वंस र वितण्डा मच्चाएको उल्लेख गरेका छन्। त्यस्ता कार्यको कडा शब्दमा विरोध र भर्त्सना गर्ने उनको भनाइ छ। उनले माओवादी कार्यक्रताहरू आगजनी र लुटपाटमा संलग्न रहेको प्रचारप्रति आपत्ति पनि जनाएका छन्।

Related posts

Leave a Comment