पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकसँग भएको सम्झौता बदर भएको छ। मारवाडी सेवा समिति नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै पाटन उच्च अदालतले सम्झौता बदर गर्ने फैसला गरेको हो। अदालतले आज समितिको पक्षमा फैसला गरेको हो। यससँगै मारवाडी समितिले धर्मशाला चलाउने बाटो खुलेको छ। पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपालबीच २०६० जेठ १२ गते भएको सम्झौता पशुपति क्षेत्र विकास कोषले २०८० साउन १७ एकतर्फी रूपमा भंग गरेको थियो। सम्झौता भंग भएपछि समितिले गौशाला धर्मशाला माथि कोषले हस्तक्षेप गर्न खोजेकोले उक्त सम्झौता रद्द गर्ने निर्णय बदर गरिपाऊँ…
Category: राजनीति
Politics
काठमाडौं महानगरपालिकाले सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो । बुधबार गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार भएको थियो । तर, उक्त पत्र आउने बित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न’ माग गर्दै पत्राचार गरिएको हो…
गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको भनी पत्र आएको भन्दै काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको हो। गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौँ महानगरपालिका पठाएको थियो ।
अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवार इस्वरी प्रसाद आचार्य
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारको रूपमा इस्वरी प्रसाद आचार्यले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ। आज एक कार्यक्रमका बीच नीलकण्ठ ३ धादिङ बेसि स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो। उम्मेदवारी घोषणासँगै आचार्यले क्याम्पसमा शैक्षिक सुधार, पारदर्शिता, र विद्यार्थीको हकहितको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो। उहाँका अनुसार बेथिति, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप हटाएर क्याम्पसमा गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य छ। कार्यक्रममा उपस्थित विद्यार्थीहरू, क्रान्तिकारी विद्यार्थी नेता तथा समर्थकहरूले इस्वरी…
बालेन र रबि बिरुद्ध महेश बस्नेत
महेश बस्नेतले बालेन र रबि लामिछानेले देशमा गलत प्रवृति हुर्काउन लगिपरेको आरोप लगाउनुभएको छ । आज फेसबुकमा एक स्टाटस राख्दै उहाँले एस्तो बताउनु भएको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको भन्दै महानगरले कारबाही गरेको र आफैले बनाएको समितिले तयर पारेको प्रतिबेदनलाई मेयर बालेन्द्रले स्विकार गर्न नसकेको उहाँले बताउनु भएको हो । उहाँले स्टाटसमा ”काठमाडौं महानगर, प्रमुख प्रशासकीय अधिकृत र सरकारबारे सटिकमा बुझ्नपर्ने कुरा । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं बस पर्क क्षेत्रमा टावर बनाउन अवैध तरिकाले अनुमाति दिएको…
‘के हो बालेन भाइ तिम्रो पारा ?
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले बालेनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गरेका बुझ्न सकिन्छ। बालेनले यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिएको आरोप मन्त्री पाठकले लगाएका छन्। पाठकले सो आरोप लगाउँदै लेखेका छन्, ‘के हो बालेन भाइ तिम्रो पारा ? हामी पनि कार्यकारी ठाउँमै बसेर काम…
धादिङको ५ वटा क्याम्पसमा अखिल (क्रान्तिकारी)को संगठन दर्ता
धादिङ– धादिङको निलकण्ठ क्याम्पस सहित विभिन्न क्याम्पसहरुमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको छ । धादिङबेसी सदरमुकाममा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गरेको हो । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसमा शंकर रिजालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन सहित संगठन दर्ता गराएको हो भने जय बागेश्वरी बहुमुखी क्याम्पस,चन्द्रोदय बहुमुखी क्याम्पस र मछिन्द्र बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनका लागि आफ्नो संगठन दर्ता गराएको र बांकी क्याम्पसहरुमा संगठन दर्ता प्रक्रिया बांकी रहेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष…
कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकन शून्य आएपछि चर्चाको विषय बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग घिसिङले गरेको कार्यसम्पादन सम्झौता अनुरूप म्याद गुज्रेपछि विवरण बुझाएकाले शून्य आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले घिसिङसँग गरेको कार्यसम्पादन करार अनुसार आर्थिक वर्ष सकिएको दुई महिनाभित्र बुझाउनुपर्नेमा घिसिङले अटेर गरेर ढिला बुझाएको मन्त्रालयको जिकिर छ। मन्त्रालयले गत पुस २२ गते कार्यसम्पादन मूल्यांकन नै नबुझाएकाले किन पदमुक्त नगर्ने भन्दै पत्र काटेपछि उनले २६ पुसमा कार्यसम्पादन विवरण बुझाएका थिए। तोकिएको समयमा कार्यसम्पादन पेस नगरेका कारण मूल्यांकन ग्राह्य नभई निजको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन…
प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त हुनुभएको छ । परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। दुईवर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनुहुनेछ । विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ। दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने…
अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटिको छैटौं सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनबाट संगित तामाङको अध्यक्षतामा ३१ सदस्यिय कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सरस्वति विश्वकर्मा, निरोज श्रेष्ठ, शिशिर श्रेष्ठ, सचिवमा दिपा श्रेष्ठ, सह सचिवमा प्रभाकर रिजाल,कृष्टिना नेपाली र कोषध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । संगठनका अध्यक्ष ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनको केन्द्रिय कमिटि सचिवालय उद्धव रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेश), नीलकण्ठ नगरपालिकाको…
