राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य अमेरिकामा पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) ले रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई एक साता अगाडि पक्राउ गरेको हो। नेपालबाट अमेरिका जाँदै गर्दा उनलाई पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो। उनी अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा रहेका छन्।  रास्वपाका एक पदाधिकारीले पनि अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको जानकारी गराए। उनका अनुसार पार्टीको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सूचीबाट थापाको नाम हटाइएको छ। रास्वपाका सदस्य थापाले अमेरिकाको बाल्टिमोरमा रवि लामिछानेका लागि धमाधम चन्दा उठाउने कार्य गरिरहेको भन्दै…

जेलेन्स्की र ट्रम्पबीच मतभेद

महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ । ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन…

नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समिति धादिङको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार नेकपा माओवादी केन्द्र नीलकण्ठ नगर समितिको आयोजनामा धादिङवेशी क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमको आयोजना गरि नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश ईन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बागमती प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, पूर्व चिनिया राजदुत एवं नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य विष्णु पुकार श्रेष्ठ,बागमती प्रदेश…

नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको दक्षिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको समस्यालाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउने बताउनु भएको छ ।   हुलाकी मार्ग केन्द्रित तराई मधेश जनजागरण अभियानका क्रममा सुनसरी पुगेका अध्यक्ष प्रचण्डले  बिहीबार बिहान बर्जु गाउँपालिकामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै  अभियानले दक्षिण क्षेत्रमा बस्ने आम नागरिकहरुलाई समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनु भएको हो । देशको सिमानाको सुरक्षा गरेर सदियौँदेखी बस्दै आएका  दक्षिण क्षेत्रका नागरिकहरुलाई राज्यले अझै पनि विभेद गर्दै आएकोले नै विकासमा पछाडि परिरहन बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले यो समस्यालाई राष्ट्रिय मुद्दा बनाएर संघर्षमार्फत स्थापित गराउन…

नेकपा माओवादी केन्द्र धादिङले सहिद सप्ताह मनाउने

नेकपा माओवादी केन्द्र धादिङले आजबाट २१ गते सम्म सहिद सप्ताह मनाउने भएको छ । २०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै आएको कारण यस वर्ष पनि सहिद सप्ताह मनाउन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र धादिङले प्रेस वक्तव्य जारी गर्दै धादिङबाट ११२ जना सहिदहरु, २८ जना वेपत्ता योद्धाहरु सहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा…

बागमती प्रदेश अधिवेशनमा निर्वाचित टिमलाई प्रेस सेन्टर नेपाल धादिङद्धारा बधाई ज्ञापन

प्रेस सेन्टर नेपाल धादिङद्धारा बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित धादिङका राजन अधिकारी र गिता अधिकारीलाई बधाई तथा सम्मान गरिएको छ । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती धादिङको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर नेपालको बागमती प्रदेशको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित राजन अधिकारी र कार्यसमिती सदस्यमा सर्वसम्मत निर्वाचित गिता अधिकारीलाई बधाई तथा शुभकामना दिदै सम्मानपत्रले सम्मान समेत गरेको हो । प्रेस सेन्टर नेपाल धादिङका अध्यक्ष एवम् सामुदायिक रेडियो रेडियो बिहानीका स्टेशन म्यानेजर निर बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य…

प्रजातन्त्र आएको दिनको स्मरणमा आज ७५ औँ प्रजातन्त्र दिवस मनाइँदै

जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५ औँ प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ। प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी…

केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाए: राजेन्द्र पाण्डे

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टी–इस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आफूले सुनेको दाबी गरेका छन्। शनिवार नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्।  ‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ,’ पाण्डेले भने, ‘गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’  गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले…

ड्यूटीमा खटिएका प्रहरी कुट्ने जोशी अझै ७ दिन थुनामा

नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियूका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई थप सात दिन थुना (हिरासत)मा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी कुटेको आरोपमा बिहीबार पक्राउ परेका जोशीलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले शुक्रबार (आज) अनुमति पाएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार जोशीलाई अभद्र व्यवहारको कसूरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गरिनेछ। जोशीसहितले गत माघ २४ गते राति ठमेलको अमृत मार्गमा ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेका थिए।

नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताउनुभयो । ‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिका मध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान…