राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सिमित नेताहरूलाई चाहिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सिमित नेताहरलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे। सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए। त्यस्तै उनले विभिन्न कालखण्डका…
Category: राजनीति
Politics
फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु अलोकतान्त्रिक
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे। उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई पक्राउ गरिएपछि आएको हो। बमले शनिबार हेटौंडामा दाहालको तस्बिर जलाएका थिए। उनले सिन्धुपाल्चोकमा पूर्व राजा लक्षित दाहालको अभिव्यक्तिप्रति असहमति जनाउँदै विरोध स्वरूप यस्तो गरेको बताएका थिए।
नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । क्याम्पसको निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि स्ववियु चुनाव अनिश्चितकालका लागि स्थगित भएको हो । चुनाव स्थगित भए पश्चात नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले विज्ञप्ति जारी गरेको छ । ‘यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक…
रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका अध्यक्ष
स्ववियु निर्वाचन अन्तर्गत रुकुमपश्चिमका ७ मध्ये ५ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शितल क्याम्पस चौरजहारीको स्ववियु अध्यक्षमा प्रकाश डाँगी निर्विरोध निर्वाचित भएका छन् । राडीज्युला शिक्षा क्याम्पसको अध्यक्षमा सुप्रिम ओली, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा दीपेन्द्र ओली निर्विरोध भएका छन् । यसैगरी, सानीभेरी शिक्षा क्याम्पसको स्ववियु अध्यक्षमा वीरभान भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने स्यार्फु बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा टेकराज विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।
अखिल (क्रान्तिकारी) तर्फबाट सभापतिमा थपलिया निर्विरोध
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेमा अवस्थित नेत्रावती सामूदायिक बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) तर्फबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । अखिल (क्रान्तिकारी) ले सभापति सहित ३ सदस्य, नेवि संघले उप–सभापति, सचिव सहित १ सदस्य र अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित २ सदस्य लिने सहमति सँगै क्रान्तिकारीबाट अभिषेक थपलिया सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै उप–सभापतिमा सुलोचना खड्का (नेवि संघ), सचिवमा विनोद गौली (अनेरास्ववियु), कोषाध्यक्षमा सबिना अधिकारी (अनेरास्ववियु) र सह–सचिवमा सरिता गुभाजु (नेवि संघ) चयन हुनु भएका छन् । त्यस्तै सदस्यहरूमा सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी), मैना सिटौला…
राजतन्त्र पुनःस्थापना असम्भव : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिनुभएको छ। उहाँले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पार्नु भयो। आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।’ अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताउनु भयो। यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल…
माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित
राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।
प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरे
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य हरि ढकालले गठबन्धन सरकारको नीति र कार्यशैलीप्रति कटाक्ष गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत संक्षिप्त व्यंग्य गर्दै उनले सरकारको निषेधमुखी राजनीति असफल हुँदै गएको आशय व्यक्त गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियाबाट अघि बढे पनि सरकारद्वारा प्रतिशोधपूर्वक निषेध गर्न खोजिएको सन्दर्भ उल्लेख गर्दै भने “यही व्यवस्थाको संवैधानिक र लोकतान्त्रिक विधान र विधि सम्मत आएका हामीहरूलाई प्रतिशोध साधेर निषेध गर्न खोज्नेहरूको हिजो आज निद हराम भएको हेर्न मलाई चाहिँ मज्जा आएको छ !” ढकालले पछिल्लो समय राजावादी आन्दोलन चर्कँदै गएको सन्दर्भ उल्लेख गर्दै…
तत्काल राजतन्त्र फर्किन सम्भव छैन
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू राजतन्त्रको पक्षमा वातावरण बनाउन निरन्तर लागिरहेको बताएका छन् । तत्काल राजतन्त्र फर्किन सम्भव नरहेपनि विस्तारै त्यसका लागि वातावरण निर्माणमा जुटेको उनको भनाइ थियो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल व्यवसायी समेत रहेका प्रसाईंले पूर्वराजालाई नारायणहिटी प्रवेशको सम्भावना नरहेकाले तत्कालका लागि निर्मल निवासमै लैजाने बताए । प्रसाईंले भने,’फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्याउने छौं ।’
सरकारले जारी गरेका पाँच अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत
सरकारले जारी गरेका विभिन्न ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ। बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए। उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो। त्यसअघि उक्त अध्यादेशविरुद्ध…
