एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध: गगन थापा

धादिङ, चैत्र ११

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिबद्ध रहेको बताउनु भयो।

“एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो,” उहाँ भन्नुहुन्छ, “हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।”

साथै, महामन्त्री थापाले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटक–पटक एमालेले सहकार्यको प्रस्ताव गरेको तर, कांग्रेसले त्यो प्रस्ताव स्वीकार नगरेको जानकारी दिनुभयो ।

Related posts

Leave a Comment