धादिङ,चैत्र-११, काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ । महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ । सो स्थानमा बसेका नागरिकहरले भने कुनै सूचना नदिइ एक्कासी भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरू आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।
Category: Featured
माओवादी केन्द्र नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
धादिङ, ११-चैत्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आईतबार धादिङबेसीमा एक कार्यक्रम गर्दै अमृत तामाङको अध्यक्षतामा ३३ सदस्यीय नगर समिति चयन गरेको छ। जसको,उपाध्यक्षमा चन्द्र बहादुर लम्साल, कमला तामाङ, सोम बहादुर रोक्का, सचिवमा हरिकृष्ण लम्साल, सह–सचिवमा बुद्धि प्रसाद पोखरेल र कोषाध्यक्षमा दुर्गा अधिकारी लगायतको ३३ सदस्यीय नगर समिति चयन गरेको हो । गत फागुन १६ गते सम्पन्न नगर सम्मेलनले अमृत तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो भने अन्य पदाधिकारी चयन गर्न दोस्रो बैठक आह्वान गरिएको थियोे । धादिङ…
रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजनामा ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न
धादिङमा ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । पत्रकारिताको क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उचित प्रशिक्षण दिने उद्देश्य सहित चैत्र ८ गतेबाट सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो । सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नूहुदै कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका उपप्रमुख विश्वकर्माले तिन दिने तालिम उपलब्धीमुलक भएको विश्वास…
साँग्रिला प्लाई उद्योगमा आगलागी
धादिङ, चैत्र-११, दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ । जिल्लाका सबै दमकल, ट्यांकर परिचालन गरिएको छ भने बाँके र रुपन्देहीबाट समेत दमकल र ट्याङकर ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ । विद्युत सर्ट भएर…
हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो
धादिङ, चैत्र-१० ईशान किशनको शानदार शतकमा विशाल योगफल बनाएको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको हो । हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो । ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए भने सन्जु सामसनले ६६ रन बनाए । शिम्रोन हेटमायरले ४२ रन बनाउँदा शुभम दुवे ३४ रनमा अविजित रहे । हैदराबादका लागि सिमरजित सिंह र हर्षल पटेलले २-२ विकेट लिए भने मोहम्मद शामी र एडम जाम्पाले १-१ विकेट लिए…
हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
धादिङ, चैत्र-१० चितवनबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको हाइस नागढुंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा आज अपरान्ह पाँच बजे दुर्घटनामा परेको हो। रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताउनु भयो । दुर्घटनामा घाइते भएकी २६ वर्षिय युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन । त्यस्तै चितवन कालिका नगरपालिका– ७ घर भएकी ६८ वर्षीया तारादेबी कुमाल गम्भीर…
अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने
अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने अभियानको अंशको रुपमा लाखौँ आप्रवासीको कानुनी हैसियत खारेज गर्ने घोषणा गरिएको हो । ट्रम्पले मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पको आदेशले अमेरिका पुगेका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई प्रभावित गर्नेछ । अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि गैरकानुनी रूपमा बसोबास गरेका भनिएका आप्रवासीले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन् । ति आप्रवासीले अप्रिल २४ सम्ममा संयुक्त राज्य अमेरिका छोड्नुपर्ने…
बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई हरायो
इन्डियन प्रिमियर लिग आईपीएलमा डिफेन्डिङ च्याम्पियन्स कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ । इडेन गार्डेनमा भएको खेलमा सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनाएर लक्ष्य पूरा गरेको हो । कोलकाताको जितमा फिल साल्ट र विराट कोहलीले अर्धशतकीय पारि खेले भने रजत पाटिदारले ३४ रनको योगदान दिए । बलिङतर्फ बैंगलुरुका लागि कुर्णाल पाण्ड्याले ३ विकेट लिँदा जोश हेजलउडले २ विकेट लिए । त्यस्तै…
सुन चाँदीको मूल्य घट्यो
धादिङ चैत्र १०, आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ ।
डुबेर डेढ वर्षीया बालिकाको ज्यान गयो
धादिङ, चैत्र १० धादिङको नीलकण्ठ नगरपालिका-४ पौवामा पानीमा डुबेर डेढ वर्षीया बालिकाको ज्यान गएको छ । सन्जिव परियारको डेढ वर्षिया छोरी सन्जिवनीको मृत्यु भएको नीलकण्ठ नगरपालिका-४ का वडा अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनु भयो। अध्यक्ष श्रेष्ठका अनुसार घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा पानीमा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर छन् । आमा घर भित्रको काम गरिरहेको समयमा घरको आँगनमा रहेको पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो । मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ ।
