धादिङ, चैत्र-१३ नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा मंगलवार धादिङमा मसाल जुलुस निकालिएको छ। सरकारले अपमानित ढंगले जनताको साहरा बनेका कर्मचारिलाई हटाएकोले पुर्नवहालिको माग गर्दै जुलुस निकालिएको हो । मंगलबार धादिङ जिल्ला सदरमुकाममा अखिल क्रान्तिकारि, वाई.सि.एल. धादिङ र तामाङमुक्ति मोर्चा द्वारा संयुक्त रुपमा मसाल जुलुस निकालेको हो । जुलुस पस्चात कोण सभालाई सम्बोधन गर्दै निलकण्ठ नगर कमिटीका अध्यक्ष अमृत तामाङले सरकारले जनताका हितमा काम गरिरहेका ब्यक्तिलाई बिचौलियाको निर्देशन र आर्थिक लोभमा हटाइएको बताउनु भएको थियो । सोमवार मन्त्रि परिष्द्को बैठक बसेर घिसिङलाई हटाउने निर्णय भएको थियो…
Category: Featured
अखिल क्रान्तिकारीद्वारा बागबजारमा राँके जुलुस प्रदर्शन
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकालेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुस निकालेको हो । उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका हुन् । प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरूबाट मसाल खोसेको थियो । विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेपछि देशभर सरकार विरोधि आन्दोलन भइरहेको छ ।
मोरङमा आगलागी हुँदा ७ लाख बराबरको क्षति
धादिङ, चैत्र -१३ मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ। केराबारी–९ का रामबहादुर गुरुङको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ। इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। विभिन्न स्थानबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगोले घरसहित भित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय तथा…
विद्युत् प्राधिकरणमा घिसिङलाई बर्खास्तीको पत्र दर्ता
नेपाल विद्युत् प्राधिकरणमा प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र दर्ता भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र आज साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दिएको छ । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो । मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो । त्यसअघि सरकारले उनलाई…
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन्। कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरे। घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन्। मन्त्रिपरिषदको सोमबार…
सरकारको दम्भका कारण सफाई कर्मचारिले तलब पाएनन्: बालेन
काठमाण्डौँका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगर अन्तर्गतका सफाई कर्मचारिले तलब नपाएको बताउनु भएको छ । सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै एस्तो बताउनु भएको हो । उहाँ फेसबुकमा लेख्नुहुन्छ ,काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!
दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु :प्रचण्ड
धादिङ, चैत्र-११ नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको निन्दा गर्नुभएको छ। यो निर्णय आपत्तिजनक समेत भएको उहाँको भनाई छ। उहाँले फेसबुकमा लेख्नुभएको छ–देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिंगलाई बॉकि बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ…
एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध: गगन थापा
धादिङ, चैत्र ११ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको बताउनु भएको छ । सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिबद्ध रहेको बताउनु भयो। “एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो,” उहाँ भन्नुहुन्छ, “हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।” साथै, महामन्त्री थापाले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटक–पटक…
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
धादिङ, चैत्र-११ सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक कुलमानलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ थियो गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले फागुन…
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइयो
धादिङ,चैत्र-११ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ थियो गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण…
